पृथ्वीमा हरेक बिहान घाम उदाँउछ
र फर्कन्छ साँझमा लाजले रात्ताम्मे भएर
किनकी बन्दैन कहिल्यै सालिक यहाँ
भोकमरीले पल पल पिल्सिएर
लगौटीको पासो लगाएर आत्महत्या गर्नेहरुको
यद्यपि
लुट्यो जसले जिबनभर गाँस बास र आस उसको
सत्ताको वरीपिरी साँढेझै घुमेर
त्यो शिखरपुरुष हुन्छ
त्यो महाँनायक हुन्छ
र त्यसको शिखर जत्रो सालिक बन्छ
कम्तिमा एकपटक भएपनि
मुस्कुराउछ घाम निसंकोच
जब हग्छ कागले तिनका सालिक माथि ।
–२०६६ चैत्र २२
ललितपुर

छोटो मिठो अनि राम्रो कविता ।
ReplyDelete