Tuesday, April 06, 2010

सालिक





पृथ्वीमा हरेक बिहान घाम उदाँउछ
र फर्कन्छ साँझमा लाजले रात्ताम्मे भएर
किनकी बन्दैन कहिल्यै सालिक यहाँ
भोकमरीले पल पल पिल्सिएर
लगौटीको पासो लगाएर आत्महत्या गर्नेहरुको

यद्यपि
लुट्यो जसले जिबनभर गाँस बास र आस उसको
सत्ताको वरीपिरी साँढेझै घुमेर
त्यो शिखरपुरुष हुन्छ
त्यो महाँनायक हुन्छ
र त्यसको शिखर जत्रो सालिक बन्छ
कम्तिमा एकपटक भएपनि
मुस्कुराउछ घाम निसंकोच
जब हग्छ कागले तिनका सालिक माथि ।

–२०६६ चैत्र २२
ललितपुर

1 comment:

  1. छोटो मिठो अनि राम्रो कविता ।

    ReplyDelete

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...

Tuesday, April 06, 2010

सालिक





पृथ्वीमा हरेक बिहान घाम उदाँउछ
र फर्कन्छ साँझमा लाजले रात्ताम्मे भएर
किनकी बन्दैन कहिल्यै सालिक यहाँ
भोकमरीले पल पल पिल्सिएर
लगौटीको पासो लगाएर आत्महत्या गर्नेहरुको

यद्यपि
लुट्यो जसले जिबनभर गाँस बास र आस उसको
सत्ताको वरीपिरी साँढेझै घुमेर
त्यो शिखरपुरुष हुन्छ
त्यो महाँनायक हुन्छ
र त्यसको शिखर जत्रो सालिक बन्छ
कम्तिमा एकपटक भएपनि
मुस्कुराउछ घाम निसंकोच
जब हग्छ कागले तिनका सालिक माथि ।

–२०६६ चैत्र २२
ललितपुर

1 comment:

  1. छोटो मिठो अनि राम्रो कविता ।

    ReplyDelete