Monday, September 03, 2012

ख्यालख्यालै पत्रकारितामा २० वर्ष

औपचारिक शिक्षा अरुका लागि, अनौपचारिक शिक्षा आफ्नै लागि । औपचारिक शिक्षा प्रमापत्रका लागि, अनौपचारिक शिक्षा जीवनका लागि । अहिलेका व्यस्त पत्रकार व्याकुल पाठकलाई स्कुले जीवनदेखि नै यस्तै लाग्थ्यो । उहाँलाई औपचारिक शिक्षा सुट, टाईजस्तै लाग्छ । अरुको सम्मानका लागि लगाइदिनुपर्ने पार्टीमा, विवाहमा । व्याकुल पाठकको रुचि जहिले पनि कोर्स बाहिरै रह्यो । ‘बिए, एम ए गर्न २० वटा किताब पढे पुग्छ, ती किताब त म एक महिनामै पढ्न सक्छु,’ उहाँ भन्नुहुन्छ– अनौपचारिक शिक्षामा रुचि भएकाले म कहिल्यै औपचारिक जागिरमा गइनँ ।

एसएलसी गरेदेखि नै उहाँले किताबकै काम पाउनुभयो । हिसी प्रेस सेतोदरबारमा साथी काम गर्नुहुन्थ्यो, हरिबहादुर कँडेल । प्रिन्टिङको काम सम्हालेका । त्यहाँ जाँदाजाँदै प्रेस मालिक पुष्प चित्रकारसँग सम्पर्क भयो । उहाँले पुस्तकको प्रुफ हेरिदिन भन्नुभयो । त्यो जमाना लेटर प्रेसको थियो । ग्याली प्रुफ हेर्नुपथ्र्यो । किताब, पत्रपत्रिका आदिको भाषा सम्पादन गर्नुहुन्थ्यो ।

हिसीमै काम गर्दागर्दै यती (पारिवारिक पत्रिका) र योषा (महिला पत्रिका) मा सम्पादन, लेखनमा लाग्नुभयो । साहित्यमा रुचि थियो । ‘सन्देश’ हवाई पत्रिका निकाल्नुभयो, शान्तिप्रियसँग मिलेर । घरमा दाजु अनि आफन्तहरुले सरकारी जागिर खानुपर्छ, लोकसेवा लड्नुपर्छ भन्दा पनि त्यतातिर रुचि देखाउनुभएन ।
जतिपटक लोकसेवा फर्म पनि भर्नुभयो, जाँच दिन चाहिँ जानुभएन । ‘कृषि विकास बैंकमा खुल्यो । लिखितमा निस्कियो, अन्तर्वार्तामा गइनँ । अफिसियल काममा बाँधिनुपर्छ भन्ने लाग्दैन मलाई । अक्षरभन्दा बाहिर कामै हुन्न होला जस्तो लाग्छ । पसल राख्ने, आयातनिर्यात गर्ने कामै हुन्न होला । पत्रकारिताको नसा ख्यालख्यालैमा लागेछ ।’

त्यतिबेलाको चर्चित साप्ताहिक पत्रिका नेपालीपत्रमा दुई वर्ष काम गर्नुभयो उहाँले । त्यहीबेला लोकपत्र, श्रीसगरमाथा, नेपाल समाचारपत्र आदि दैनिक अखबार खुल्ने क्रम चल्यो । राम्रो कलम भएका पत्रकारहरुको खपत भयो । चर्चित खोजमूलक पत्रिकामा साधनामा एकैचोटि सहसम्पादकका रुपमा प्रवेश गर्नुभयो । केही खोजमूलक समाचार लेख्नुभयो । जस्तो - इन्दुकान्त शर्माको ठगीकाण्ड ।

‘अहिले प्रहरीको खोजतलास र रिपोर्ट दिएकै आधारमा पत्रकारले समाचार छाप्छन् । आफैँ अनुसन्धान गर्दैनन् । मैले प्रहरीले खोज्दै नखोजेको ३० पृष्ठको समाचार दिएँ, एक महिना लगाएर । त्यही समाचारका आधारमा इन्दुकान्त अहिले पनि जेलमै छन्,’ उहाँ भन्नुहुन्छ– पत्रकार प्रहरीभन्दा एक स्टेप अगाडि हुनुपर्छ, प्रहरीले जे रिपोर्ट दिन्छ, त्यही छाप्ने, नेताले जे भाषण गर्छ त्यही छाप्ने काम पत्रकारको होइन । पत्रकारले त नेता र प्रहरीलाई पनि बाटो देखाउनुपर्छ ।

नेपाल समाचारपत्रमा समाचार सम्पादकका रुपमा १८ वर्ष बित्यो उहाँको । एउटा संस्थामा एकजना नेपालीले खोलेको संस्था हो, नेपालको पहिलो व्यावसायिक प्रकाशन गृहका रुपमा आएको भनेर । उहाँलाई संस्था चाहारिरहनु ठीक लागेन । वृत्ति विकास होला भन्ने आशा अपेक्षा पनि थियो । उमेर र अनुभवको वृद्धिसँगै केही ब्रह्मज्ञान पनि भयो– उन्नति गर्नु छ भने अरुको पछि लागेर हुँदैन, आफैँ अगाडि बढ्नुपर्छ । कुनै लक्ष्यमा पुग्नु छ भने प्यासेन्जर भएर होइन, ड्राइभर भएर गाडी चलाउनुपर्छ ।

यही ब्रह्म ज्ञानले नै आफ्नै लगानीमा पाँच महिनाअघि ६ जनाको साझेदारीमा ‘क्यापिटल एमएम’ सुरु गर्नुभएको छ । त्यसको निर्देशकका रुपमा काम गर्नुभएको छ । पाँच महिनाको प्रगति हेर्दा राम्रो सुरुवात भएको छ । उहाँ त्यसलाई अन्तर्राष्ट्रिय स्तरको रेडियो बनाउने अभियानमा हुनुहुन्छ । त्यही खालको स्टुडियो बनिसकेको छ ।
२० वर्षे पत्रकारितामा खारिएको अनुभव छ उहाँसँग । उहाँलाई रमाइलो प्रिन्टमै हुन्छ । उहाँलाई लाग्छ, विद्युतीय माध्यम नि
त्यति नै शक्तिशाली छ । आफ्नै ग्रुपबाट टेलिभिजन हुँदै प्रिन्ट मिडियामा पनि जाने सोच पनि छ । ‘समाचारपत्र छाडेपछि आकर्षक पद र पारिश्रमिकको अफर आएको पनि छ । लगानी कायमै राखेर काम गर्ने विनम्रतासाथ सोचिरहेको छु ।’

सबैजना साहित्य र पत्रकारितामा लागेर गुमाए भन्छन् । उहाँले त नपाएको केही पनि छैन । ‘अर्बपति भएर या नोबेल पुरस्कार पाएर पनि पाउने चिज सन्तुष्टि हो । त्यो मैले पत्रकारिताबाट पाएँ । कुनै राजाले दर्जनौं रानी राखेको सन्तुष्टिका लागि हो, मैले पत्रकारिता गरेको पनि सन्तुष्टिका लागि नै हो । सामान्य रिपोर्टरको जागिर खाएको मान्छे एउटा मिडिया हाउसको सञ्चालक बन्नु चानचुने होइन ।’

उहाँका थुप्रै साहित्यिक कृति छन् । चर्चित व्यक्तित्व (निबन्धात्मक जीवनी), प्रख्यात नेपाली कथा (खण्ड १–४ सम्म) विख्यात विदेशी कथाशृङ्खला (खण्ड १ देखि ६ सम्म) एचसी आन्डर्सनका कथाहरू, स्वेट मार्डेनका पुस्तकशृङ्खला आदि । विद्वच्छिरोमणि हेमराज शर्माको जीवनी, वाणिज्य शिक्षाका पिता ईश्वरीलाल श्रेष्ठको जीवनी, समकालीन नेपाली नियात्रा प्रकाशोन्मुख छन् । युवा वर्ष मोती पुरस्कार (२०६८) लगायत दर्जनौं पुरस्कार÷सम्मान उहाँले पाउनुभएको छ ।

स्कुले जीवनमा उहाँ सम्पादकलाई चिठी लेख्नुहुन्थ्यो । त्यतिबेला फ्रन्टपेजको न्युजभन्दा पाठकपत्रको प्रभाव ज्यादा थियो । त्यतिबेला सामाखुसीमा खोला मिचेर घर बनाएको प्रतिक्रिया गोरखापत्रमा छापियो । अब के गर्ने होला भनेर छटपटाए घरधनी । अनुसन्धान भयो ।
‘जुन बेला लेख्न पाइँदैनथ्यो, त्यतिबेला पत्रकारिताको प्रभाव थियो, अहिले जे पनि लेख्न पाइन्छ, प्रभाव छैन । पत्रकारिता स्वतन्त्रता विस्तारै स्वच्छन्दतातिर गएको छ । पत्रकारिताको शक्ति त्यति धेरै  छ जति   लगामविहीन घोडासँग  छैन । केही न केही लगाम चाहिन्छ ।’

उहाँको खादेवी, नुवाकोटमा । देवानन्द पाठक, विष्णुदेवी पाठकका तीन छोरा र पाँच छोरीमध्ये कान्छा । उहाँ जन्मेको एक महिनामै बुवाको निधन भयो । दमको व्यथा थियो । दुई, दुई वर्षको अन्तरालका आठ सन्तानको सबै जिम्मा आस नाम यादवराज पाठक हो । साहित्यिक नाम व्याकुल पाठक । २०२९ भदौ २९ मा जन्मनुभयो, समुन्द्रा

 नेपालीमा एमए कीर्तिपुर र समाजशास्त्रमा पाटन संयुक्त क्याम्पसमा
। खेती गर्न गाह्रो भयो । ३० वर्षअघि उहाँको परिवार स¥यो काठमाडौं, सामाखुसीमा ।
कक्षा ६ सम्म उहाँले नुवाकोटको स्कुलमा पढ्नुभयो । कक्षा ८ सम्म दुई वर्ष चितवनमा पढ्नुभयो । चितवनमा ठूल्बुबा हुनुहुन्थ्यो । ९ र १० जेपी स्कुल क्षेत्रपाटीमा । २०४४ सालमा एसएलसी दिएपछि आइए सरस्वती कलेज र बिए त्रिचन्द्रमा पढ्नुभयो ।
स्कुले जीव देखि नै उहाँ अक्षरप्रेमी । रोपाइँ, दाइँ, श्राद्धमा एक दिन स्कुल नजा भन्दा पनि रुने, कराउने । अध्ययनमा उहाँ अब्बल चाहिँ होइन, मध्यम स्तरको हो । एसएलसीदेखि एमएसम्म सेकेन्ड डिभिजनै आयो ।
नयाँ ठाउँ भ्रमण र अध्ययनमा रुचि छ उहाँको । पहिले साहित्य पढ्नहुन्थ्यो, अहिले अध्यात्मिक र जीवन दर्शनमा रुचि छ । उहाँले घुमेको देश भारत, बंगलादेश, पाकिस्तान, चीन, जापान हुन् । उहाँ भन्नुहुन्छ– ‘मनपर्ने ठाउँ घुम्न पाएको छैन । म जहाँ गएको छैन, त्यही मनपर्ने ठाउँ हो । नेपाली खाना, अम्मल केही छैन । केही अम्मल छ जस्तो पनि लाग्दैन । कुनै समयमा होला जस्तो पनि लाग्दैन । चिया, चुरोट, सुपारी, रक्सीमा केही पनि । मिक्सअप र मन राखिदिन पार्टीमा एक पेग लिएर बसिदिन्छु बस् ।’
उहाँ शाकाहारी हो, कट्टर चाहिँ होइन । जापान र चीनमा भेजिटेरिएन भनेकै बुझेनन् रे । मासु नहालेको खाने कुरा केही भेटिएन ।

‘खानै हुन्न भन्ने छैन । परिस्थितिअनुसार चल्ने हो ।’ उहाँलाई यस्तो लाग्छ– अहिले जे गरेँ, त्यो सिकारु काम हो, सोचेर, गम्भीर भएर केही गरेको छैन । मनपर्ने ठाउँ गएकै छैन, मिठो कुरा खाएकै छैन, राम्रो किताब पढेको छैन, सुन्दर रचना लेखेकै छैन । त्यो सबै बाँकी छ ।
एफएममा लगानी गरेको पैसा पैतृक सम्पत्ति हो । २० वर्षको कमाइमा जीवन निर्वाह गर्न पनि नपुगेको उहाँको भनाइ छ । त्यसमा पत्नी र परिवारको सहयोग रह्यो । ‘हरेक पेसामा राम्रो नराम्रा मान्छे हुन्छन्, देखिने कमाइ र नदेखिने कमाइ गर्छन् । म अदृश्य कमाइमा विश्वास गर्दिन । जुनसुकै मिडियामा काम गरेको होस् घर बनाउन र गाडी चढ्न सक्दैन । मैले तलबबाहेक अरु थाहा पनि पाइनँ ।’
कलेजमा उहाँलाई धेरै केटीले मन पराए । प्रेमपत्र लेखे । प्रेम विवाह भयो, कल्पना उप्रेतीसँग । त्यतिबेला कल्पना पिके कलेज र व्याकुल त्रिचन्द्र कलेजमा पढ्नहुन्थ्यो । चार, पाँच वर्ष प्रेम भयो । डेटिङ पनि जानुभयो । १४ वर्ष भयो विवाह गरेको बालाजुपार्कमा । हनिमुन गइएन । व्यवसायमा व्यस्त हुनुहुन्छ कल्पना । छोरा एउटा अवतार पाठक कक्षा ६ मा पढ्दै छन् ।
पछिल्लो पुस्ताका प्रभावशाली पत्रकार व्याकुलको विचारमा प्रेम र सेक्सको कुनै परिभाषा छैन । शब्दमा परिभाषित गर्दा यसको मर्म घट्छ । फूलको थुँगा बाहिरै राम्रो हुन्छ, त्यसलाई किन खोतलिरहने ?

यहाँ क्लिक गरेर ब्याकुल पाठकलाई फेसबुकमा भेट्न सक्नुहुनेछ–
ब्याकुल पाठक–फेसबुक पेज
ब्याकुल पाठक–फेसबुक
प्रस्तुती–ऋषी धमलाका साथमा शम्भु दंगाल

Monday, August 20, 2012

फेयर एन्ड लभ्ली, हजुरआमा र ब्राइटर टुथपेष्ट

मलाई आफ्नो अनुहार जस्तो छ त्यसमै सन्तुष्ट छ । खै किन हो  भद्धा मेकअप गरेको महिलाको अनुहार देख्यो कि  घिन लागेर आँउछ  । बिस्तारै बुझ्दैछु काठमाडौ शहरमा, कतिपय पुरुषहरुले पनि मेकआप पो गर्दा रैछन, राम्रो बन्नलाई । तर मलाई आर्टिफिसियल भन्दा न्याचुरल नै बढी मन पर्छ । 

आजभन्दा नौ बर्ष अघिको एउटा सम्झनाको पोको खोल्दैछु म ।

२०६० साल असारमा एस.एल.सी पास गरियो । त्यही असार १ गते नै मैले जागिर छोडेको थिँए । जागिर छोड्ने दिन बिहान पसलका साहुजी दक्षिणकाली जाँदै थिए । टाटामोबाइलमा एउटा कालो बोको राखेर सपरिवार । उनलाइृ मैले अब म काम गर्दिन भनेँ । किन भनेर सोधे उनले । सँगै काम गर्ने कुमार भन्ने केटोले अघि सरेर  भन्यो–यसले आज एसएलसी पास गरेछ । साउजी मुसुक्क हाँसे । के गर्छस अव ? मैले भनेँ क्याम्पसमा पढ्छु । उनले ब्यङ्गयात्मक तरिकाले सोधे –कुन डिभिजना आयो ? मैले बस् गोरखापत्रमा सिम्बोल नंबर भेट्टाँए। डिभिजन सभिजनको मतलब गरिनछु ।

म ङिच्च हाँसीदिँए ।

डिभिजन थाहा नहुनेले के पढ्छस् हँ ? पढेर के बन्छस वकिल ? यति भनेर उनी टाटा मोबाइलमा दक्षिण्काली तिर लागे । अघिल्लो दिन तलब लिइसकेको थिँए । महिनाभरीको कमाई ५सय बचेछ । बाँकी पैसा पासाङ्ग ल्हामू सेर्पाको सालिक अगाडिको भात होटेलले लियो ।

उनलाई दुध सचिव किष्णे भन्थे गाँउलेहरु । गाँउको दुध संकलन गरेर साँखु बेच्न ल्याउने गर्दा उनको पदावली दुध सचिव बनेको थियो । उनले त्यो काम छोडेर त्यतिबेला चावेलको खानीखोला भन्ने हार्डवेयर पसलमा काम गर्दा रहेछन्।
केही हप्ता अघि गाँउ गएको बेला उनले मलाइै जागिर मिलाइदिने कुरा गरेका थिए । जागिर खान शहर छिरेको दिन उनले मलाई चुच्चेपाटीमा भेटेँ । । नजिकाको होटेलमा लगेर भात खुवाए र जागिरका लागि पर्सि आउनु भने । पहिलो चोटी होटेलमा भात खाँदा अनौठो लागेको थियो मलाई ।
फुरुङ्ग परेर घर फर्किएँ । पर्सीपल्ट चावाहिल  चुच्चेपाटीको एउटा ठूलो होलसेल पसलमा जागिर भएँ ।
मैले सोचेको थिँए, पसलको कुर्सीमा बसेर समान बेच्ने अनि ग्राहकले पैसा दिएपछि खुत्रुक्क कन्तुरमा छिराइदिने ।

तर कहाँ त्यस्तो रैछ र काम !!!

होलसेल पसलमा किराना पसलेहरु ठूलो मात्रामा सामान  किन्न आँउदा रहेछन् । उनीहरुको बिलअनुसार २ वटा तलाका कोठा कोठामा रहेका गोदामबाट सामान छानी छानी तल ल्याँउने देखि गाडिमा–बाइकमा लोड गरिदिनुपर्ने , कहिलेकाँही ग्राहकको घर सम्म चामल लगायत अन्य समानहरु साइकलमा लोड गरेर उनहिरुको पछि पछि घरसम्म पु¥यादिनुपर्ने । कोही कोही भने ला फुच्चे भनेर पाँच–दश रुपियाँ दिन्थे । मन औधी हर्सित । फर्किदा साइकल सिक्दै पसलमा आइपुग्थेँ । बिहान सात बजे पसलमा कुच्चो लगाँउदै शूरु हुने मेरो काम राती ९ बजे सम्म चलिरहन्थ्यो ।   म जस्तै काम गर्ने अरु ३ जना केटाहरु पनि थिए ।  
बिहान बेलुका भात होटेलमा खान्थेँ । महिनाको २५ सय तलब  । बेलुका त्यही सुत्थँे  । राती सुति सुति म एक दुई वटा नरिवल खान्थेँ ।  दिँउसो चाहीँ गोदाममा प्याकेट फुटेका थरी थरी स्वाद भएका चकलेटहरु । नरिवल चाँही अचाक्ली नै खाइएछ । पछि पछि त सम्झँदै वाक्क लाग्थ्यो ।

पसलमा काम गर्दा खेरीका रोचक कुराहरु धेरै छन् । त्यि कुराहरुलाई भोली पर्सी कथा वा निबन्ध बनाएर लेख्न सकिन्छ ।

र मैले एउटा नराम्रो बदमासी गरेँ पसलमा ।

रेडियोमा फेयर एन्ड लब्लीको धेरै विज्ञापन सुनेको थिँए । तर त्यो कस्तो हुन्छ थाहा थिएन । त्यतिबेला क्लोजअप टुथपेष्ट भित्र एउटा सानो १० रुपियाँ पर्ने फेयर एन्ड लब्लीको प्याकेट उपहार  राखिएको हुन्थ्यो ।  
मैले पनि पसल बन्द भएको एक दिन मन्जन भित्र उपहार आउको एक प्याकेट फेयर एन्ड लब्ली दलेर ऐना अगाडि गोरो बनेको थिँए ।
एक दिन बिहानै उठेर दश ओटा क्लोजअप टुथपेष्टको प्याकेट खोलेर खुरुखुरु फेयर एन्ड लभ्लीको पाँउच निकाले र फेरी गम लगाएर मन्जनको प्याकेट जस्ताको तस्तै पारिदिँए । सुटुक्क लुकाएर राँखे त्यो फेयर एन्ड लब्लीलाई जतनका साथ ।

जागिर छोडेपछि त्यसलाई घरमा लिएर आएको थिँए । असारमा खेत खन्न जाँदा पनि फेयर एन्ड लभ्ली लगाएर गइयो ।

कालो मान्छे । महिलाले दल्ने क्रिमले पनि  म मोराको अनुहारमा चमकता थपेछ क्यारे...। बहत्तर बर्षकी बुढी हजुरआमा फेयर एन्ड लभ्ली लगाएको खुब चाख मानेर हेर्थिन । उनी पनि काली  थिइन । उनलाई पनि एक प्याकेट दिएर भनेँ–बिहान मुख धोएर ओभाएपछि अनुहार भरी लाउनु । एक हप्तामा त पुरै सेतो पार्छ यसले ।
हजुरआमाको मुखमा हर्षको लहर फैलियो । गाँउको घर छोडेर कतै नगएकी र केही पनि नदेखेकी, नबुझेकी अशिक्षित मेरी हजुरआमाको अनुहार बहुराष्ट्रिय कम्पनीको फेयर एन्ड लभ्लीले उज्यालो पारी दियो ।
उनले एक हप्ता पछि अर्को प्याकेट मागिन । मैले कति छिट्टै सकेको, पु¥याएर लगाउनुपर्छ भनेर अर्को प्याकेट पनि दिँए । तर म भने कहिले हप्तौ सम्म पनि फेयर एन्ड लब्लीलाई बिर्सिदिन्थेँ भने कहिले आधी प्याकेट नै एकैचोटी लगाइदिन्थेँ  ।

र एकदिन फेयर एन्ड लब्ली सकियो....

अनुहार चम्काउने जिनिस फेयर एन्ड लब्ली लगाउने सँस्कृति त्यतिबेला गाँउघरमा त्यति मौलाएको थिएन । शहरिया नवधनाढ्य वर्गको एउटा विलासी साधनद थियो त्यो । गाँउघरमा कसैसँग हुन्थ्यो भने त्यो भर्खर बिहे गरेका नवबुहारी सँग । कहिले कााही माइत जाँदा लगाँउनका लागि साँचन सक्थे उनीहरु ।
फेयर एन्ड लभ्ली सकिएपछि हजुरआमाको अनुहार पहिलाको जस्तै भयो । मलाई त त्यति मतलब थिएन । केटाकेटी बुद्धी, अच्चमको कुरा भनेर  चोरेर ल्याएको माल अनुहारमा दलियो त सकियो । तर हजुरआमालाई पिर परेछ । अनुहारमा तेल लगाउन सिकेकी र अनुहारमा कहिल्यै केही नलगाएकी मेरी बुढी हजुरआमालाई बहत्तर बर्षको उमेरमा फेयर एन्ड लब्लीले मोहनी लगाइदियो ।
अहिले भाको भए त बजारबाट किनेर लगेर खुसी पार्दिन्थेँ होला । तर...त्यतिबेला मेरो उमेर सोचाई कहाँ सबै कुरा बुझ्ने थियो र...

र एकदिन हजुरआमा अनुहार सेतो पार्न ऐना अगाडि केही क्रिम जस्तो  दलिरहकी थिँइन । नजिक गएर हेरेको त दाँत माझ्ने ब्राइटर मन्जन पो रहेछ ।

पेट दुख्ने गरी हाँसीयो ।

आजभोली शहर बजारमा अनुहारमा भद्धा मेकअप गरेर, अनुहार भरी क्रिम पाउडर दलेर रंगिबिरङ्गी फेसनमा  हिँडेको महिलाहरु देख्दा , लाग्छ महिलाहरुलाई राम्री हुने चाहनाले कहिल्यै पनि छोड्न सक्दो रहेनछ  त्यो मनुपूर्वसम्मको अवस्थामा  पनि । बरु लोग्नेमान्छेहरु पठ्ठो उमेरमा केही समय स्टाइलिस बन्न खोज्लान तर उनीहरु  यसप्रति उदासिन नै रहन्छन् ।

अर्कोतिर फेयर लब्ली जस्ता बहुराष्ट्रिय कम्पनीका प्रोडक्टहरुले साना तथा गरिब मूलकुका नागरिकहरुको मानसिकतामाथि कसरी हस्तक्षेप गर्न सक्छ भन्ने यो नै एउटा ज्वलन्त उद्धाहरण हो । हाम्रो संस्कृति माथि आर्थिक, सैन्य र सुचना प्रविधिको उच्चतर गतिमा विकास गरेका पश्चिमा ठूला राष्ट्रहरुले यसरी नै हामीलाई पश्चिमीकरणतिर लम्काइरहेका छन् । कोक, स्पाइट, ह्विस्की, जस्ता पेय पदार्थ अहिले अतिथी संस्कारको साधन बन्दै गइरहेका छन्  ।  बहुराष्ट्रिय होटेल काठमाडौमा खुलेको  के एफ सी मा नेपाली यूवाहरुको लर्को पनि एउटा उदाहरण हो । सम्भ्रान्त बर्ग र नवधनाढ्य बर्गहरु अहिले बिदेशी ब्रान्डहरुको र त्यी समान आफूले प्रयोग गरिरहेको गर्बका साथ उच्चारण गरिरहेका हुन्छन् । मानौँ, त्यी सामान नदेख्ने वा किन्न नसक्नेहरु त नेपाली हैनन् भने जसरी । पैसावालाहरुको बेला बेला पत्रिकाको मनोरञ्जनवाला पेजहरुमा अन्र्तवार्ताहरु छापिएका हुन्छन्, त्यसमा बोलीएका कुराहरु हेर्दा पटक्कै नेपालीको गन्ध पाइदैन् ।  ग्लोबलाइजेसनको यो पेरीफेरीमा सुचना प्रविधीको माध्यमबाट हाम्रा मानसिकताहरु विस्तारै  पश्चिमीले राष्ट्रहरुको कब्जामा गइरहेको छ ।

अहिले संसारमा हजुरआमा हुनुहुन्न तर अझै पनि त्यो क्रिमको दवदवा भने कायमै छ । कहिलेकाँही कतै फेयर एन्ड लब्लीको प्याकेट देखेँ भने  म मेरो त्यो विगत र मेरी हजुरआमालाई सम्झन्छु...
०४ भाद्र, ०६९
नयाँबानेश्वर   

Friday, August 17, 2012

तिमी भन्छौ, रुँदै नरोउ एक्लै

.

तिमी भन्छौ, रुँदै नरोउ एक्लै
यहाँ मान्छेहरु छन्
यहाँ मान्छेहरु छन्
यहाँ छैनन् कोही, कतै पनि
छन् यहाँ त  केबल हाँस्नेहरु छन्

काँढा रोप्छन मान्छे, बाटो बाटोमा
फूल फूलाउन रे फूल फूलाउन
अघि बढ्ने खुट्टा सबै मिली तान्छन
बाटो खुलाउन रे बाटो खुलाउन
मान्छे माथि मान्छे कुल्चेर हिँड्छन्
अघाञ्जेल खान्छन र विर्सेर हिँड्छन्

बजारमा पाइन्छ, पैसा नै चाहिन्छ
मान्छेको मुटु मान्छेको माया
क्यै छैन भने क्वै हुन्न यहाँ
आँशु झारे नी चुपचाप हेर्छ
आँशु पिए नी चुपचाप हेर्छ
नरोउ भन्दैन त्यो आफ्नै छाँया

२०६९ श्रावन ३२
नयाँ बानेश्वर

Tuesday, August 14, 2012

जोगीजात्रा

हाँस्यब्यङ्गय निबन्धकार नरनाथ लुँईटेलले Feb 23,2012 मा क्यापिटल एफ.एम 92.4 MHz बाट प्रशारण हुने हाँस्यब्यङ्गय कार्यक्रम 'यहाँ यस्तै छ' का लागि   दिनुभएको निबन्ध जस्ताको तस्तै–

शम्भुजी,
तपाइँको हास्यव्यङ्ग्य कार्यक्रमका निम्ति यो निबन्ध सम्प्रेषण गरेको छु । तपाइँले सोचेजस्तो भयो भएन कुन्नि । कार्यक्रम सफलताको कामना सहित ।

उही
नरनाथ लुइँटेल

हास्यव्यङ्ग्य
जोगीजात्रा
– नरनाथ लुइँटेल –

‘जुन जोगी आए पनि कानै चिरेका’ भनिन्छ तर म कुराको उठान गर्दैछु कान नचिरेका जोगीको । कान नचिरेका जोगीको घना उपस्थितिमा अब कान चिरेका जोगीहरूको अस्तित्व समाप्त हुँदै गइरहेको छ । आजको यो युग कान चिरेका जोगीको होइन कान नचिरेका जोगीको मुठीमा बन्द छ । खरानी घस्ने जोगीको जमानाले पल्टा खाइसक्यो, आजकलका जोगीको शरीरमा महँगा–महँगा पर्फ्युमको बास्ना मडारिने गर्छ । हातमा त्रिशूल र चिम्टा होइन, मोबाइल र आइपट देखिन्छ । साथमा कमण्डलुको कुरै नगर्नुस्, आजभोलि त बडेबडे ब्रिफकेस हुन्छन् । गेरुवस्त्रले पनि हावा खाइसक्यो, आजकलका जोगीलाई त टाइसुटमा डटेको भेटिन्छ । यिनीहरूको त पयर पनि भुइँमा कहाँ हुन्छ र, करोड पर्ने कारमा शयर गर्छन् । जोगीको जीवनमा आएको यस्तो परिवर्तनले युग परिवर्तनको सङ्केत गरिरहेझैँ लाग्छ । ए हजुर, नेपाल नयाँ बन्न अझै कति वर्ष लाग्ने हो कुन्नि, तर यहाँका जोगी भने नयाँ बनिसके । ।
जोगीको परम्परागत पेसा भिक्षाटन हो । आधुनिक जोगीहरूले पनि भिक्षाटनलाई भने निरन्तरता दिएका छन् । हाम्रो देश अहिले आधुनिक जोगीहरूको आधुनिक अखडा बनेको छ । उनीहरू आधुनिक तुम्बो बोकेर अलख निरञ्जन गर्दै बेलाबेला विदेशतिर जान्छन् । यसो गर्दा उनीहरूलाई दोहोरो फाइदा हुने गरेको छ । यस्तो फाइदा कसरी भन्नुहोला– कहीँ पनि जाँदा उनीहरूलाई निजी तुम्बोबाट आनासुका पनि खर्च गर्नुपर्दैन । एकपटक मात्रै भिक्षाटन गर्न देशाटनतिर निस्कँदा बरू निजी तुम्बोमा मामुली पनि दुईचार करोड दमडी जगेडा हुनपुग्छ । यसरी भिक्षाटनमा निस्कियो, अलख निरञ्जन गायो, भिक्षा बटुल्यो, अखडामा फर्कियो, भागशान्ति जयनेपाल । त्यसो त भिक्षाटन देशभित्रै पनि हुन्छ । देशभित्रै हुने भिक्षाटनबाट पनि जोगी महोदयहरू आफ्नो निजी तुम्बो भर्न खप्पिस छन् । कोही बाटोमा ढाट तेस्र्याउँछन् र भिक्षा माग्छन्, कोही भने विदाकै दिन पनि अनुगमन–भ्रमणको बिल बनाउँछन् र भिक्षा कुम्ल्याउँछन् । यो जोगी–राज्यमा राज्यको ढुकुटीबाट पुराना जोगीले तीस वर्षको अवधिमा जेजति तुम्बो भरेका थिए, नयाँ जोगीलाई दुईचार वर्षकै अवधिमा त्यो भन्दा दुईचार गुना बढी भर्ने सफलता मिलेको छ । यो त आधुनिक काइदाको फाइदा नै हो नि । यसै गरी आधुनिक नेपाली जोगीहरू आफ्नो लोभलाग्दो जीविका चलाइरहेका छन् ।
‘जातै जमादार’ भनेझैँ जोगीका अनेकन कारोबार चलिरहेका छन् । कारोबार अगणित भए पनि लक्ष एउटै छ– निजी तुम्बो भर्ने । कारोबारका यी अगणित कार्यकलापहरूलाई कला भन्नुपर्छ । कुनै न कुनै कला नभएका हरिलठ्ठकहरूको पो झोला रित्तै हुन्छ त । यही कला प्रयोग गरी कमाइ गर्ने खलो भन्नोस् वा थलो, जहाँसुकै पुगेर आधुनिक र नयाँ जोगीहरू आफ्नो तुम्बो भरिरहेका छन् । ‘उठ जोगी, फड्कार छाला, जहाँ जाला त्यहीँ खाला ।’
प्राचीन कालदेखिनै जोगीहरूको ठूलो अखडा रहेको थलो हो भारतवर्ष । त्यता ता झन् पण्डाहरूका पण्डाल नै अनगिन्ती छन् । यताका अखडाहरूतिर आउन त्यताका जोगीहरूलाई कुनै शिवरात्री कुर्नुपर्दैन । मन लाग्नासाथ कहिले आशिर्वादको चिम्टा बजाउँदै आउँछन् त कहिले आश्वासनको मृदङ्ग ठटाउँदै आउँछन् । मानौँ यो उनीहरूको आफ्नै अखडा हो, आफ्नै थातथलो हो । मानौँ यहाँका सवै जोगी उनीहरूकै शिष्य र चेला–चपेटा हुन् । कहिले आउँछन् त्रिकालदर्शी भविष्यवक्ता बनेर त कहिले आउँछन् उपल्लो तहको मठाधीशको प्रवक्ता बनेर । कहिले आउँछन् भोगविद्याको तन्त्र खुसखसाउँदै त कहिले आउँछन् योगसाधनको मन्त्र फुसफुसाउँदै । आइपुग्नासाथ कुनै एउटा पाँचतारे होटलमै तम्बु टाँग्छन् र आफू आएको जानकारी बाँड्छन् । अनि चल्छ यताका जोगीहरूको छचुन्द्रे ताँती, तँछाड मछाड, को अघि पुग्ने, कसले पहिले गोडा ढोग्ने र आशिर्वादको पोको कसले साहोर्ने, उछिनापाछिन्, दौडधुप । ठेलाठेल पेलापेल । मेरीबास्सै, भीड हटाउन प्रहरी खटाउनुपर्ने स्थिति बन्छ । कुनताको बाटो, त्यहाँमाथि सुरू हुन्छ जाम । बिचरो ट्राफिक हैरान हैरान ।

 यताका जोगीको पनि चाल उही हो, ताल उही हो । अनेक निहुँ र वहाना बनाउँन जानेका छन् यिनीहरूले । एउटा जोगी अघिल्लो दिनसम्म अखडामा घण्टौँ प्रवचन–पुराण लाइराखेको हुन्छ । भोलिपल्ट एकाबिहानै सञ्चार माध्यमले फुकिदिन्छ ऊ त उपचारका निम्ति आजै भारत प्रस्थान । मुटुसमेत फेर्ने अस्पताल यतै छन् तर खोकीका नाममा घाँटी मात्रै खसखसाए पनि हाम्रा महान् जोगीहरू दौडिने ठाउँ त्यतै हो । त्यता नगै निको नहुने अचम्मको रोग लागेको छ यताका जोगीहरूलाई ।
‘काम गर्नका दुःखले जोगी भयो, जोगी भएका भोलिपल्ट भोकै रह्यो’ भन्ने बहुचर्चित नेपाली उखानले पनि पल्टा खाइसकेको छ आजकाल । हाम्रा जोगीहरू कहाँ भोकै छन् र अब । देश कङ्गाल भए पनि उनीहरू भने ठूल्ठूला बङ्गलाका धनी छन् । डोरीको तना हालेको खराउ लाएर राजधानी छिरेका, शरीरमा एकसरो पत्लुन मात्रै भिरेका बबुराहरू केही वर्षभित्रै पजेरो– त्यो पनि करोडको चढ्ने भइसकेका छन् । सम्पत्ति विवरणमा चुनदाम लेखिन्न तर पनि अज्ञात बैङ्कको लकर लच्केको हुन्छ यिनैका सुनले । कुन कुरो खान हुने हो, कुन कुरो खान नहुने छ्यानविचार नराखी सबैथोक खाइरहेछन्् हसहस । कसैलाई यो बनाइदिउँला भनेर खान्छन् त कसैलाई ऊ बनाइदिउँला भनेर खान्छन् । मौका यही हो, पछि के हो– के हो । यसो भन्दै घिचिरहेछन् यी घिचन्थैलेहरू । सुकुटी ज्यानको हातमा ढुकुटीको तालाचाबी परेपछि सुन्निएका हुन् कि मोटाएका हुन् छुट्याउनै नसकिने । विचरा अख्तियारले अल्छी लागी–लागी बल्छी चलाउँछ तर के गर्नु, उसका बाबुको समेत दाल गल्नेवाला छैन । पूर्जि काट्छ, बयान लिन्छ, ठूलो हल्लीखल्ली गरेझैँ गरी विशेष अदालतमा मुद्धा पनि हालिटोपल्छ । अन्ततः टाइँटाइँ फिस्स । जोगी झन् होक्राँ गर्छ, अख्तियारको पारो भने आफैँ झर्छ । जोगीचाहिँ बेरोकटोक मोटाएको मोटायै छ । ‘नयाँ जोगीले प्याज धेरै खान्छ’ अथवा ‘नयाँ जोगीले झन् धेरै खरानी घस्छ’ भन्या पनि साँच्चै रहेछ ।
हैन यस्तालाई पनि लाग्ने रोग चाहिँ कस्तो होला ? रोगको प्रसङ्ग उठिहाल्यो– अलिकति यसकै चर्चा गर्नुपर्ने भयो । अलि पहिल्यै एउटा विराट–प्रवचनमा एकजना नामुद जोगीले सगौरव भनिदिएका थिए– ‘हामी जोगी हुन राजनीति ग¥या हो र ?’  उनले त्यो बेला कुन खालको जोगीको कुरो गरेका हुन् त्यो त्यति प्रष्ट थिएन । हिजोआज पो खुलस्त हुँदो छ– उनी र उनीहरूजस्ताले राजनीति गरेको त रोगी हुनलाई पो रैछ । भनिरहुपर्दैन कि जोगीहरू मनका रोगी हुन्छन् । उनले त्यसो भनेको केही वर्ष बित्न नपाउँदै अखडाका त्यतिखेरका रोगी खालका सर्वोच्च जोगीले सिङ्गै पण्डालमाथि आफ्नो एकछत्र अधिकार रहेको रोगग्रस्त घोषणा गरे । त्यसपछि भने यताका धेरै जोगीहरू लगौँटी मात्रै लगाएर अलख निरञ्जन गाउन बाध्य भएका थिए । सडकमै ओर्लेर टिठलाग्दो पाराले जनता–जनार्दनसामु महिनौँसम्म ‘भवती भवती भिक्षांदेही’ गाएपछि जनता–जनार्दनको मन पग्लियो । कमिला सरी सडकमा ओर्लिएर सर्वोच्च जोगीलाई अखडाबाट रित्तो हात बाहिर मुन्ट्याइदिए । कान चिरेका तमाम जोगी मन नलागी–नलागी अखडाबाट बाहिरिए र कान नचिरेका जोगीहरू अब अखडाका नाइके खटिए । ‘जोगीका घरमा सन्नेसी पाहुना’ भनेको पनि यही क्यार । यसरी सुरू भयो नयाँ जोगीको फेरी लाउने उपक्रम ।
जोगी हुन सबभन्दा पहिले रोगी हुनुपर्ने कुलीन परम्पराअन्तर्गत उनीहरू भटाभट रोगी हुन थाले । जोगी प्रायः मनका रोगी हुन्छन् । रोग पनि विचित्रकै हुँदो रहेछ । विख्यात डाक्टरहरूले पत्तो लाएको यो रोग हो– मनोफ्लु अर्थात मन सुक्ने तर जिउ फुल्ने । यस रोगका लक्षण पनि अनौठैका छन्– चुनाव नराम्रोसँग हारे पनि आफूलाई जितेँजितँे जस्तो मात्रै लाग्ने, अर्काले खाएको देखी नसहने, भएभरको सोहोरेर आफै मात्र खाउँखाउँ लाग्ने, अखडाका अरु जोगी भोकै मरे मरुन् आफ्नो गोजेरो भरिएपछि बडो आनन्द आउने, सिँतैँ वा सुविधामा पाए तीन पाथी चूक पनि पिउँपिउँ लाग्ने, वार्ता चाहिँ जति पटक गर्नुपरे पनि गरूँगरूँ लाग्ने तर सहमतिमा पुग्न भने मरेकाटे जाँगर नचल्ने, कुरो मिल्नमिल्न आँटेको छनक देखिएपछि भने अचानकै मुटुमा झस्का र टाउकोमा चस्का एकैपटक हान्ने, अनि दौडेर बोर्डर पारि नै पुगुँपुँगुु लाग्ने । उताका जोगीसँग खुसुखुसु गरी फर्केर यता आयो, खालि कड्किन मन लाग्ने, पड्किन मन लाग्ने, सड्किन मन लाग्ने, झड्किन मात्रै मन लाग्ने ।
यो रोगले अँचेटेपछि धेरैजसोलाई त्यसैत्यसै फनक्क फन्किन मन लाग्छ । कसैलाई भने उसैउसै सनक्क सन्किन मन लाग्छ । अन कसैलाई चाहिँ झनक्क झन्किन मन लाग्छ । अलिदिन फन्कियो, अलि दिन सन्कियो, अलि दिन झन्कियो– यसो गर्दागर्दै डोज निख्रन्छ अनि फेरि उतै तन्किनु परिहाल्यो । अरू पनि थुप्रै छन् यी त मुख्यमुख्य लक्षण हुन् मनोफ्लुका । दख्खिनतिरको सीमा पारिबाटै कुखुरासँग मिसिएर आउने वर्डफ्लु थियो, उतैबाट सर्दैसर्दै यता आएको हो स्वाइनफ्लु पनि । अहिले मनुवासँग मिसिएर आइरहेछ विछट्टको यो मनोफ्लु । यताका अधिकांश हाम्रा जोगीहरूलाई रोगी बनाउने पापी रोग नै यही हो । जसले दिनदिनै र छिनछिनै हाम्रा बबुरा जोगीहरूलाई रोगी बनाइरहेछ र उतै दौडाइरहेछ । यसरी उताका जोगी यता आउने, यताका जोगी उता जाने– आवतजावत, ओहोरदोहोर चलिरहन्छ निरन्तर, निरन्तर ।
मनको रोगी नभई जोगी हुनै सकिन्न । कान चिरेका जोगी भन्नुस् या कान नचिरेका जोगी– यी सबै मनका रोगी हुन् । कान नचिरेका आधुनिक जोगी त झन महारोगी नै भइहाले । जसरी नेपालीहरूको ग्यास्टिक बिग्रिएर अल्सर बन्छ त्यसै गरी जोगी महारोगी भएपछि भने भोगी बन्दो रहेछ । जब जोगी महारोगी हुँदै भोगी बन्छ उसका सारा योगासनहरू भोगासनमा परिणत हुन्छन् । आसन फेरीफेरी शासन गर्नु भोगासनको विशेषता हो । कामका नाममा माखो नमारे पनि राजकीय सुविधामा तर मार्नु भोगासनको उग्र रूप देखिएको छ । मनको रोग नभई के यस्तो सम्भव छ त ? अहँ सम्भव छैन ।
भोगासनमा लिप्त नेपाली जोगीहरू अहिले संसारमै नभएको जोगी–जात्रा देखाएर दुनियाँ हँसाइरहेका छन् । जोगीको अखडामा एउटा नौटङ्की नाटक बारम्बार मञ्चन भइरहेको छ । भोगको सबैभन्दा ठूलो आसन पैट्याउनका लागि जोगीहरू टुप्पीदेखिको बल लगाएर प्रतिष्पधार्मा जुटेका छन् । न जित कसैको हुन्छ, न हार कसैको हुन्छ । लँगौँटी फुस्की सक्यो । देख्नेहरू सबैलाई लाज भइसक्यो । उनीहरू भने लाज–सरम सबै पचाएर लडेका छन्, लडेका छन् । लौन, भोगासनका निम्ति रचिएको यो जोगी–जात्रा रोक्ने छैन कुनै उपाय ?
             
कलङ्की, काठमाडौँ

कहाँ टेक्ने खै खुट्टा बलेको यो देशमाथि ???

कहाँ टेक्ने खै खुट्टा बलेको यो देशमाथि
आधार छैन समाउने ढलेको यो देशमाथि

सगर चुम्ने युवा जोश यहाँ बर्जित छ
भासिँए यति चाँढै गलेको यो देशमाथि

संघर्षशील जीबन बाँच्नु महामुर्ख हुने रै’छ
कहाँ अमृत बिष मात्र फलेको यो देशमाथि ।

फोक्सो मात्र आफ्नो तर प्राण वायु आफ्नो छैन
दक्षिण र पश्चिम वायु चलेको यो देशमाथि ।

मानवता, शान्ति अनि विकास कहाँ होला ?
किन खोज्छस् ‘अजनवी’ जलेको यो देशमाथि ।

Friday, August 10, 2012

आजलाई ब्लगमा लेखन यति नै...

समयले मलाई चिन्न सकेन वा मैले नै समयलाई चिन्न सकिन । मैले केही बुझ्न सकेको छैन् । आज जहाँ छु म, त्यो समयकै कारणले हो या मेरै कारणले हो ? केही अनुत्तरित प्रश्नहरु छन् मसँग यतिबेला । भोली ?? के हुन्छ भोली , कुन मोडमा वा बिन्दुमा पुगेर  रोकिन्छ जिन्दगी यसबारे पनि मलाई केही थाहा छैन ।  भोली कस्तो होला ?? कल्पना गर्न मन लागेको छैन मलाई । बाहिर देख्दा त सबलाई अर्काकै जिन्दगी राम्रो र रमाइलो लागिदिन्छ तर जुन मान्छेमा पनि उस्तै नै अनुभूतीका   तरंगहरु बग्ने न हो...निद्रा ले धेरै च्यापेको छ, मनमा जे आँउछ त्यही टाइप गर्दै जाँदा यति लेखियो...आजलाई ब्लगमा लेखन   यति नै ।  

Monday, August 06, 2012

बाहुन पत्रकारको बिल्ला-घुँडानिर चोट

०६९ जेठ ७ गते,
विनाकारण जीवनमै पहिलोपल्ट बाहुन पत्रकारको आरोपमा  कुटाई खाइयो । साइकल पनि बाँकी राखेनन् उनीहरुले । मानौँ बाहुन हुनुनै पहिलो गल्ति भयो त्यहाँ । र दोश्रो गल्ति रहेछ क्यारे मिडियाहरुले उनीहरुले भने जसरी समाचार नलेखिदिनु ।
जेठ चौध गते भनिएको संबिधान घोषणको पूर्वसन्ध्यामा सात, आठ र नौ गतेका लागि आदिवासी जनजाति संयुक्त संर्घस समितिले आह्वान गरेको नेपालको बन्द आयोजना गरेका थिए । यसै सन्र्दभमा हामीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट प्रत्यक्ष प्रशारण गर्नेबारे अघिल्लो  दिन नै सामान्य छलफल गरेका थियौँ । क्यापिटल एफ.एम.का कार्यक्रम तथा समाचार निर्देशक  व्याकुल पाठकले हामीलाई बन्दको रिर्पोटिङ गर्दा सत्य तथ्य र निष्पक्षताई ध्यान दिदै सन्तुलित रुपमा प्रस्तुत हुन निर्देशन दिनुभएको थियो । साथै बन्दको प्रत्यक्ष प्रशारणका लागि हामीले दिँउसोको ३ वटा कार्यक्रम नैे स्थगित गरेका थियौँ ।
बन्दको पहिलो दिन जेठ सात गते सहकर्मी साथीहरु प्रकाश पोखरेल, भावना ढकाल काठमाडौका विभिन्न ठाँउबाट र मैले ललितपुरका क्षेत्रहरुबाट दिनभरी नै प्रत्यक्ष प्रशारण गर्ने योजना बनेको थियो । मेरो भागमा ललितपुरको सातदोबाटो, महालक्ष्मीस्थान, लगनखेल, ग्वार्को, पुल्चोक, धोविघाट, कुपन्डोल लगायतका क्षेत्रहरु परेको थियो । बिहान नौ बजेदेखि म सातदोबाटो, ग्वार्को, लगनखेल लगायतका क्षेत्रहरुबाट रिर्पोटिङ गरिरहेको थिँए । बिहान दश र एघार बजेको समाचार बुलेटिनमा संचारकर्मीहरु कुटिएको र प्रेसका गाडि तथा बाइक माथि आक्रमण हुन थालेको खबर आउन थालेपछि महालक्ष्मीस्थान बाट साथिको साइकल मागेर घाँटिमा प्रेस कार्ड झुन्ड्याई म रिर्पोटिङमा हिँडेँ । ग्वार्को, सातदोबाटोबाट बन्दको अवस्थाबारे प्रत्यक्ष प्रसारण गरेर म धोवीघाट तर्फ जाँदै थिँए । बाटोमा प्रेस पास देखाँउदै साइकलमा हिँड्दा पनि बन्दकर्ताहरु हान–हान, हावा निकाल भन्दै लठ्ठी लिएर आइपुग्थे । धेरै सँग जोगिदैँ म साँढे बाह्र बजे एकान्तकुना धाबिघाट पुगेको थिँए । त्यहाँ लगभग सय जनाको संख्यामा नेवार समुदायका बन्दकर्ताहरु थिए । नजिकै १५–२० जनाको संख्यामा प्रहरी पनि थिए । उनीहरु हातमा ठूल–ठूला लठ्ठी, चिर्पट, र फलामे छड बोकेर नारा लगाँउदै साइकल डो¥याँउदै हिडिरहेका सर्बसाधारणलाई समेत तर्साउदै  टायरबाट हावा निकालिदिँदै थिए । नजिकै प्रहरी देखेपछि म बिस्तारै साइकल चलाउदै नारा लगाँउदै गरेको ठाँउमा पुगेँ । नजिक पुग्नासाथै, पाखुरामा टाटु खोपेका दुई यूवाले तँलाई आज बन्द भनेको थाहा छैन् साइकल चलाउदैँ हिड्छस भन्दै साइकलको पाङ्ग्रामा धमाधम लात्ति हिर्काउन थाले । मैले भनेँ –म प्रेस बाट आएको हुँ । तपाइहरुले गरेको बन्दको हामीले आज प्रत्यक्ष प्रशारण गरिरहेका छौ । त्यसपछि उनीहरुले मेरो आइडी कार्ड मागे मैले कार्ड देखाएपछि मेरो नाम र थर पढे । कजबmदजग मबलनब ि। मेरो थरलाई लिएर उनीहरुले प्रश्न गरे । यो दंगाल हो की डंगोल हो ? मैले डंगोल हैन दंगाल हो भनेपछि उनीहरुले डंगोल भनेको त नेवार हो यो दंगाल भनेको बाहुन होकी नेवार हो भनेर सोधे । मैले बाहुन हो भनेपछि एकजनाले चोरऔला देखाँउदै उनले भने –यो बाहुन पत्रकारहरुले हाम्रो समाचार लेख्दैन । तिमीहरुले बाहुनहरुको मात्रै समाचार लेख्छ । त्यसपछि अर्कोले मेरो कार्ड छोएर भने–  यो साइकल चलाउदै सिआडी गर्न आएको हुनुपर्छ । म सात आठ जनाबाट घेरीएको थिँए । नजिकै भएका प्रहरीहरु चुपचाप रमिता हेरिरहेका थिए । उनीहरुलाई मैले आफ्नो रेर्कडर  रिर्पोटिङ डायरी, देखाएपछि डायरी पल्टाँउदै खोइ हाम्रो समाचार कहाँ छ भन्दै साइकलमा लठ्ठी र लात्तिले हान्न थाले । बाहुन पत्रकारले हाम्रो समाचार कहिल्यै लेख्दैन भन्दै एकजनाले मेरो खुट्टामा लठ्ठीले हिर्काए, घुँडा निर चोट लागेर रगत बग्यो । साइकल तोडफोड गरेर पाङ्ग्राको रिङ पनि भाँचिदिए ।  एकजना बन्दकर्ताले सरी है भन्दै भिड्बाट बाहिर निकालेर बिस्तारै जानुस है भनेर सडक किनार ल्याइदिए । उनलाई मैले तपाँहरुको बन्द सफल होस, माग पूरा होस । तपाइहरुलाई धेरै धन्यबाद भनेर त्यहाँबाट अफिस फर्किए । त्यो दिनको प्रहरीको ब्यवहार उदेक लाग्दो देखिन्थ्यो । उनीहरु हत हतियारले शु सज्जित भएर पनि अति निरिह देखिन्थे ।  बानेश्वर आएर एउटा मेडिकलमा टिटानस बिरुद्धको इनजेक्सन लिएँ । मैले क्षतिपूर्तिका  लागि कुनै पक्षसँग  माग राखेको छैन र राख्न मन पनि छैन । मेरो एउटै भनाई के छ भने–स्वतन्त्र प्रेसमाथि कसैले धावा नबोलुन् । पत्रकारहरुले निवार्ध रुपमा जनतालाई सु–सुचित गर्न, आफ्नो पेशागत धर्मको रक्षा र सम्मान होस् । अगामी दिनहरुमा यस्ता घटनाहरु नदोहोरिउन ।

 शम्भु दंगाल, रेडियो पत्रकार

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...