
गर्मिमास ठन्डीमायाँ दिने मै हो नी
ठन्डीमास गर्मिमायाँ दिने मै हो नी
कहिले काही त बादलभित्र, लुक्नु तिमी म खोजुँला
जुन संग दाँज्न परे, तिमीलाई नै रोजुँला
सुखहरु तिमीलाई नै,दुखहरु बोकी सारा
जस्तोसुकै कठिन क्षणमा, हँसाईदिने मै हो नी
ठन्डीमास गर्मि माया दिने मै हो नी ।
गर्मिमास ठन्डीमायाँ दिने मै हो नी
सानोतिनो गल्ति हँुदा मुस्काईदिनु तिमीले मलाई
यात्राभरी ठेस लागे पुछिदिन्छु आँशु तिमीलाई
सुख–दुख बाँडीचुँडी मिलाईदिने मै हो नी
गर्मिमास ठन्डीमायां दिने मै हो नी
गर्मिमास ठन्डीमायाँ दिने मै हो नी
ठन्डीमास गर्मिमायाँ दिने मै हो नी
२०६५ पौष ०६
जाउलाखेल ।
No comments:
Post a Comment