
पाँच फिट दश इन्च अग्लो
लामो नाक र बाक्लो आँखीभौँ भएको
मेरो एउटा कबिता
लुखुर–लुखुर
हिडिरहेछ म संगै सधैँ–सधैँ
कुन्नी !
किन पछी लाग्छ यो यसरी
मनभरी–भरी
नयाँ–नयाा सपनाकाहरुका
साना तिना पोका पन्तुराहरु बोकेर
के आस गर्छ गर्छ कुन्नी यसले
अँह थाहा छैन
कहाँ सम्म हिड्न सक्छ यो
आँखाभरी सगरमाथाको चुचुरो रोकेर
थाहा छैन
छातीभरी घाउ र जिउभरी ज्वरो
अनि हातमा स्टारलाईन डटपेन बोकेर
थाहा छैन
तर्न सक्छ या सक्दैन यसरी
जिन्दगीका गहिरा तेजावी जंघारहरु
थाहा छैन
कलेटी परेका उसका ओठहरुबाट
निला शिरिषका फूल फुटपाथ भरी झरेझै
झर्नेछ क्नै दिन
उसको त्यो बाँकी मुस्कान
र पुरिनेछ सयौँ–सयौँ खुट्टाहरु मुनी
२०६८ असोज १२
काठमाडौं
No comments:
Post a Comment