लुटिनेलाई अझ उल्टै चोर बिरोध गर्छथोरै भयो सामान भन्दै घोर बिरोध गर्छ
जब आँउछ उत्तरमा नयाँ घामको लाली
अँध्यारोकै पक्ष लिई भोर बिरोध गर्छ
कुटिनेलाई ऐन कानुन कुट्नेलाई चैन
फटाहालाई भित्र थुने खोर बिरोध गर्छ
कुच्चो लिई यो ब्यबस्था बर्ढानु छ अब
सफा होलाकी डराएर फोहोर बिरोध गर्छ ।
–२०६६ चैत्र २२
ललितपुर