Saturday, June 30, 2012

मेरो प्यारो एनालग रेकर्डर

ठ्याक्कै २४ सय परेको थियो यसको मूल्य । पाँच वर्ष अघि ।  एक किसिमले महाभारत परेको थियो मलाई त्यति पैसा जुटाउन । जागिर थिएन । भर्खर आई.एड् सकेर बि.एड्मा भर्ना भएको थिँए । सबै कुराको लागि घरकै भर पर्नु परेको थियो ।  ०६३ सालको कुरो हो । एकजना पत्रकारको हातमा देखेपछि मैले छक्क परेर हेरेथेँ यसको मित रेर्कडरलाई ।
मलाई पनि त्यस्तै रेकर्डर किन्ने धुन चल्यो । पैसो थिएन । आइडिया लगाँए ४ महिनासम्म । घरमा कहिले सर्ट किन्न भनेर पैसा माँगेँ । सर्ट किनिन पैसा जोगाएर राखेँ  । अर्को महिना पाइन्ट किन्नुप¥यो भनेर फेरी पैसा मागेँ, पाइन्ट किनिन, पुरानै लगाइरहेँ । कहिले जुत्ता किन्नुप¥यो भनेँ, कहिले के किताब किन्नुप¥यो भनेर मागेँ त कहिले जाँच फिस तिर्ने बेला भयो भनेर बढी पैसा मागेँ । जे होस मैले पुरानै कपडा लगाइरहेँ, घरमा जाँदा जहिले पनि ढाँटे, नयाँ लुगा मैलो भएर नलगाएको हो आदी इत्यादी भनेर,  पाँच महिना पछि न्यूरोड पुगेँ । र किनेँ यो फुच्चे रेर्कडर, चक्का पनि कति सानो... छक्क परेँ ।  अनि सुरु भयो रेडियोमा बोले झैँ बोल्ने अभ्यास, कहिले कबिता, गजल भनेर रेकर्ड गर्ने, कहिले साथीहरुसँग अन्र्तवार्ता लिने, कहिले जे मनमा आँउछ त्यही भनेर रेर्कड गर्ने अनि सुन्ने । एक किसिमले भन्ने हो भने  रेर्कडर त खेलौना नै सावित भयो  । न त्यसको वास्तविक प्रयोग हुनु । जतिबेला जे मन लागेको छ त्यही भनेर करायो, ब्याट्रीको सत्यानास मात्र । कहिले काँही कुनै आफूजस्तै केटाकेटीले आयोजना गरेको साहित्यिक कार्यक्रममा यही पुन्टे रेर्कडर बोकेर जान्थेँ उनीहले भनेको गीत गजल र कबिता रेर्कड गर्थेँ र त्यहीँ साहित्यको कार्यक्रम चलाएको भान पार्थेँ । न रेडियो बज्नु, न के हुनु , तात्तो न छारो । रेर्कड गरिसकेपछि सबैलाई सुनाईदिन्थेँ । उनीहरु पनि छक्क परेर आफ्नो स्वर सुन्न मलाई घेरा हालेर चाख लिन्थे । अरु केही हुन्नथ्यो । ब्याट्री सकिन्थो हरेक दिन । केही हुन्थ्यो त मात्र आत्मसन्तुष्टि, आत्मरति । 
०६४ सालमा एउटा ठग एफ.एमको फेला परेँ । अन द जब ट्रेनिङका नाममा कुनै तालिम नदिइकन त्यसले घरको एउटा खसी र मेरो बाको रेडियोमा छोरो बोलेको सुन्ने सपनालाई खाइदियो । सानो फुच्चे न थिँए त्यतिबेला, पत्यायनन् मलाई, (त्यसबेला  भोगेका भोगाइहरु सम्झँदा दुख लाग्छ । उसो त विगतमा रेडियोका लागि गरिएका दुःख, भोगाईहरुका, रोचक कथाहरु पनि छन्, त्यस बेलाको दुःख, संघर्ष लगायत यसबारेमा,...कुनै दिन समय आएपछि लेख्नुपर्ला) २ ओटा कार्यक्रम चलाएर हिडेथेँ त्यहाँबाट । यही रेर्कडर प्रयोग गरेको थिँए । मेरो जिबनको पहिलो अन्र्तवार्ता लिएको थियो यही रेर्कडरले । पशुपतिनाथको बृद्धाश्रममा रहेकी बृद्धा लक्ष्मीदेवि थापाले आफ्नो जिवनकथा रुँदै रुदैँ बताउँदा आफूले पनि  आँशु झार्दै प्रश्न सोधेको पनि यसैलाई थाहा छ ।
म जहाँ जाँदा पनि यसलाई झोलामै बोकेर हिडिँरहन्थेँ । तर यसको औपचारिक कुनै काम थिएन ।
समय बदलिँदैँ गयो । म पनि पत्रकारिता सम्बन्धी उच्च शिक्षा लिन थालेँ । पछि पो थाहा पाँए । यो मोरो त एनालग रेर्कडर पो रहेछ । 
सूचना प्रविधिको उच्चतम विकास र डिजिटलाइजेसनका कारण अब एनालग प्रविधि मृतप्राय भएको छ । अहिले त्यस्तै भएको छ मलाई ।  पहिला जस्तै मनमा हुटहुटि चलेको छ । एउटा डिजिटल रेर्कडरको । अहिले भने लगभग २० हजार जति चाहिएको छ एउटा सामान्य खालको डिजिटल रेर्कडर किन्न । एक दिन किनिनेछ अब मनमा सोचाई आइसकेपछि । यद्यपी एनालगको कुनै प्रयोग नभएपनि मलाई यसको माया भने उत्तिकै  लागिरहेको  छ ।

Saturday, June 23, 2012

भम्रित समय

असार भिजेर निथ्रुक्क....
छिर्न खोजिरहेछ डेराको झ्यालबाट
एक ग्लाँस टर्रो कफिभित्र
डुबाएर स्वप्नशील यी आँखाहरु
सुन्दैछु
मकेको पात बजाँउदैँ आकाशे पानी
हकार्दैछ हरक्षण
सबै सबै मेरा त्यि,
जुम्सोपनहरुलाई, बोक्रेपनहरुलाई

कुन्नी किन हो,
मेरा आँखाहरु खुट्टा उचालीरहेछन्
टक्क उभिएर हेर्न
कुल्चेर त्यो फुल्चोकी डाँडा
संसार यस्तै हो भाई
सकिँदैन इन्द्रेणीको माला लगाउन् ।

त्यो एक टुक्रा
बरफ जमेको मेरो प्रिय चिसो सपनालाई
अब विस्तारै–विस्तारै
मनै देखि निकालेर
सेकाँउदैछु मन्द आगोको आँचमा
अनि फ्राई गर्दैछु ।
........................

ओ असार भाई
आउ मेरो फ्राइड तातो सपना
पानीले चिस्याँउदै खाँदै गर

पर्ख !!
सकिँदैछ मेरो कफि
सकिँदैछ एउटा भ्रमित समय
र यो एक टुक्रा कबिता
हामी संगै खाँउला......

०६९ आसार ९ , ललितपुर ।

गीत

बेसी खेतको भारी बोकी भञ्याङ्गमा सुस्ताँउदा
कस्तो मज्जा डाँडामाथि, रातो घाम अस्ताँउदा
थकाई तिर्खा, जलुकाको पानी घुटुघुटु
सम्झनाले छुन्छ मुटु, खान्छ कुटुकुटु ।

सँगै हिँड्थे, जुरे गोरु, काँधमाथि हलो
झिसमिसेमै आँखा मिचि खेततिर झ¥यो
दबदबे हिलो पारी धान छुपुछुपु
सम्झनाले छुन्छ मुटु, खान्छ कुटुकुटु । 

आकाशमा घामपानीले लुकामारी खेल्ने
खेतै भरी बाउसे हली रोपाहारले गीत भर्ने
जिउभरी माटो हिलो खाजा कुपुकुपु
सम्झनाले छुन्छ मुटु खान्छ कुटुकुटु ।। 

०६८,आसार ५ ललितपुर

Wednesday, May 16, 2012

बजी बफ

एक प्लेट बजी बफ !
संबिधान सभाको अन्तिम समय सिमा आँउदैछ । केही छैन् । आँउछ–जान्छ ।
यो त्यही पूरानो होटेल हो । जहाँ आज फेरी आइपुगेको छु म ।
दलहरु बिच अझै सहमति जुट्न सकेको छैन । चलिरहेकै छ निरन्तर छलफल ।
देखिरहेछु, उसको होटेलमा–एउटी नयाँ आइमाई । पहिला पनि देखेकै हो, देखेको पाँच महिना पछि सोधेँ –
तपै ! को हो साउजीको ?
ङिच्च हाँसी । कस्ता खबल्टे दाँत !
चार बर्ष भो त्यो होटेल सँग परिचय भएको । कहिलेकाँही जाने गर्छु । महिनामा त्यस्तै पाँच छ पटक । पर्समा कम्तिमा एकसय भए पुग्छ ।
त्यसले भनि–म उसको बुढी ।
ह्वाट ?! उसको बुढी...उसकी बुढी त निकै नै राम्री पो थिई त ।
ताउलोमा तेल खार्दै छे साहुनी । केही चिज फ्राई गर्न खोज्दैछे ऊ ।
जिवन कहिल्यै खारिन्न । मरेपछि खारिन्छ एकैचोटी, दनदन बलिरहेको चितामा । बाँचुन्जेल केही सिक्न सक्दैन मान्छेले पूर्ण रुपमा । हरेक कुरा जान्न खोज्छ मान्छे । हरेक कुरामा आफूलाई निपूर्ण पार्न चाहन्छ ऊ । खारिन चाहन्छ ऊ ।
१२–१४ बर्षको कामदार केटोले आवाज आउने गरि टेवलमा राखिदियो ।
एक प्लेट बजी बफ !!
संविधान सभामा दलहरु बिच चर्काचर्की परिरहेछ । टेबुल ठोकिन्छन् बेला बेला । हरेकका आफ्नै सिद्धान्त, मान्यता र विचारहरु छन् ।
अनि उहाँको अर्को बुढी ?
साउजी थिएन । नजिकै थियो भने झर्किन सक्थ्यो । तिमीलाई किन चाहियो ?
ऊ त अन्तै गई–उसले भनि ।
पोइल !?
सायद................यस्तै हुनुपर्छ ।
साहुजीको अनुहार सम्झेँ । मुसुमुसु हाँसिरहेको हुन्थ्यो उ जतिबेला पनि ।
मुलुक संक्रमणकालीन अवस्थाबाट बाहिरिन सकेको छैन । हरेक चिया पसलहरुमा, बाटो दोबाटोहरुमा चिन्तित छन् मानिसहरु । जेठ १४ पछि के होला ? म पनि त चिन्तित छु ।
तर मिठो छ यो होटलको खाजा ।
फ्याँके फेरी एउटा अर्को प्रश्न–तपाइ आएपछि गएको कि, उ गएपछि तपाँइ आएको ?
समय परिबर्तनशील छ । पंचायति ब्यवस्थाको अन्तिम समयतिर जन्मिएको थिँए म । प्रजातन्त्र आएपछि स्कूल जान थालेँ । अहिले गणतन्त्रमा कलेज पढ्दैछु ।
भित्ताको ध्वाँसो लागेको ऐना हेरेँ ।
टन्नै दाह्रीले भरिएछ अनुहार ।
उ गएपछि म आएको– लजाँउदै साहुनी बोली ।
अधबँैसे साउनी । अब सोध्दिन म कुनै प्रश्न ।   
किन पोइल गई होला त्यो अघिल्ली साउनी ? उसको पोई पाक कलामा यस्तो निपूर्ण छ । मैले एक चम्चा चिउरा सँगै एक टुक्रा बफ चपाँए । आहा...क्या !! स्वादिलो.......... । किन गई पोइल त्यो आफ्नो १० वर्षको छोरो छोडेर...???
मान्छेहरु मलाई बिना प्रशंग प्रश्न गरिदिन्छन् कहिलेकाँही–माओवादीको दश वर्षे जनयुद्धको औचित्य के ?
राजनीतिक क्षेत्रमा हुने उथल पुथल संम्झँदा मलाई पनि कहिलेकाँही त्यसरी नै.....
त्यसरी नै एकान्तमा आफैँसंग
त्यो साउजी झैँ एक्लै हाँस्न मन लाग्छ । मुसुमुसु ।
बजी बफ....
गाँउमा स्कूल पढ्दा म नुन–खुर्सानीको अचार बनाएर त्यसमा गहूँको रोटी चोप्दै खान खुव मनपराँउथेँ । मेरो खाजा प्रायः उही हुन्थ्यो–स्कूल सकेर फर्केपछि ।
शान्तिप्रक्रिया निस्कर्षमा पुग्दै छ । सेना समायोजनको प्रक्रिया शुरु भइसकेको छ । जंगलबाट माओवादी अध्यक्ष प्रचन्ड लाजिम्पाटको महल सम्म आइपुगेका छन् ।
....बजी बफ
आजभोली साउजी मुसुमुुसु कक्तिको हाँस्छ, मलाई त्यो हेरेर बस्ने फुर्सद छैन । सायद केही त परिवर्तन भयो होला । म पनि त परिवर्तन भइसकेँ, र....पुष्पकमल दाहाल । अरु जसरी परिबर्तन भएपनि मलाई केको दर्कार ।
प्लेट रित्तिसक्यो ।
र.................
एकझोला सपना ।
.......................
(कत्ति ठुलो परिवर्तीत भइछस् है तँ ? नुनखुर्सानी र रोटीबाट बजी बफ अर्थात सेकुवा र टाइचिन चिउरासम्म ।) 

Saturday, March 31, 2012

आरु र मानिस

ब्लगमा नलेखेको धेरै भयो ।

अब त चैत्र पनि लाग्दैछ । कत्ति छिट्टै जान्छ है यो समय । हिजो जस्तै लाग्छन सारा विगतहरु । यात्रा गदै जाँदा समय बितेको पनि पत्तै नहुने रहेछ । चैत्र पछि त फेरी बैशाख पनि आइनै हाल्नेछ । समयलाई लगाम लगाएर हिड्नेहरु नै संसारमा सफल हुन्छन रे । जसले समयलाई आफ्नो वशमा पार्न सक्दैन त्यो विना अर्थ जिन्दगीमा सकिएर जान्छ रे भन्छन भन्नेहरु त ।
घर गएको थिँए ।
घरमा आरु फूलेको थियो । म दुई कक्षामा पढ्थेँ त्यतिबेला । स्कूलबाट फर्केर आँउदा बाटोमा कान्छी औला जत्रो सानो बिरुवा भेटेको थिँए । त्यो त अहिले ठूलो रुख भएको छ । असाध्यै खुसी छ । उसका प्रत्येक हाँगा–हाँगामा खुसीहरु फूलेका छन् । उ आकासतिर हेरर अझै अग्लिन खोज्दै छ ।
उ एकै ठाँउमा नै उभ्भिरह्यो । एकै ठाँउमा बसेर घाम पानी सहिरह्यो । दुःखमा–सुखमा । हुरीमा–आँधीमा ।
अहिले अग्लिएर मनै लोभ्याउने गरी हाँसीरहेछ त्यो आरुको बोट ।
मानिस ।
मानिस आरु झै एकै ठाँउमा बसेर किन हाँस्न सक्दैन । मान्छे आरु फुलेझै किन हाँस्न सक्दैन । किन त्यसरी नै रमाउन सक्दैन् ? मान्छे अरुको प्रगतिमा पनि निरास हुन्छ, आफ्नै असफलतामा पनि निरास हुन्छ । मानिस चारतिर कुदिरहन्छ, दगुरीरहन्छ । अरुले के गरिहेछ, चियोचर्चो गरिरहन्छ । अरुले उनीहरुको बारेमा सफलताको कुरा ग¥यो निराश हुन्छ, फेरी असफलताको वा निराशाजनक कुरा सुन्न पायो भने खुसी हुन्छ ।
उफ्स.........................................................................................................
आरु र मान्छेमा कत्ति फरक छ कत्ति ।

२०६८ फाल्गुन २८
ल्लितपुर

छोडेन दुख्खले.....

धरहरा जत्तिक्कै अग्लो इटाभट्टाको चिम्नीको मुखबाट कालो धुँवा पुतपुताइरहँदा उनी धुलाम्मे भएर सकिनसकी हतार हतार खेप पु-याउन स्वाँ–स्वाँ गर्दै जीउभरी इटाको भारी लादेर चाङ् लागाउने ठाँउसम्म पुग्छिन । फर्केर फेरी छिटो छिटो इटाको भारी हाल्छिन अनि उसरी नै लाग्छिन त्यो भारी बिसाउने ठाँउ जहाँ इटै इटाको चाङ्ले एउटा पहाडको रुप धारण गरेको छ । तर उनको पहाड जत्रै अग्लो दुख बिसाउने ठाँउ भने कतै छैन । सत्तरी वर्ष पुग्न अब दुई बर्ष मात्र बाँकी छ । कपाल फुलेको छ, अनुहार पूरै चाउरी परेको छ । मुखमा थोरै मात्र दाँत छन् । घरमा ८४ वर्षका आँखा नदेख्ने लोग्ने छन् । यहाँ आउनेबेला उनले लोग्नेलाई भनेकी छिन रे “म काठमाडौ गएर लुगा कपडा किनेर ल्याँउछु । औषधी मूलो किनेर ल्याँउछु, पिर नगरीकन छोरीसँग बस्नु” ।
छोराले वास्ता नगरेपछि छोरीलाई हेरचाह गर्नुृ भनेकी छिन रे उनले । तर अहिले काठमाडौँ छिरेकै चार महिना भइसक्यो, तर अहिले उनी आफैँलाई थाहा छैन–लुगा किनेर लान सकिने हो वा होइन ??
उनी बिहान भक्तपुरको इटा भट्टामा बिहान छ बजेदेखि बेलुका छ बजेसम्म इटा बोक्छिन् ।
रोल्पाको घर्तिगाँउबाट चार महिना अघि उनले जिबनमै पहिलोपल्ट काठमाडौँ शहर टेकिन । छोराबुहारीले देखिसहेनन् । छोरीहरु र गाँउले त भन्थे काठमाडौँ नजा झन दुःख पाँउछेस् । तन बुढो भएपनि आँटिलो मन भएकी नवसरी ओली छोरी ज्वाँईले बस भाडा दिएपछि रोल्पाबाट काठमाडौँ आइन आफ्ना बुढ्यौली एकजोर आँखामा अनगिन्ती तन्नेरी सपनाहरु फूलाउदैँ ।
बिहानेखि साँझ सम्म लगातार भारी बोकीरहँदा सारा जीउज्यान दुखिरहन्छ, अझ इटाको चाँङ लगाँउदा भने भुतुक्कै भइन्छ उनी भन्छिन । कोही कोही त भारी हाल्न सहयोग पनि गर्छन, कोही कोही बुढीमान्छे धेरै दुःख नगर्नुस भनेर मुखैले भएपनि सहयोग गर्छन उनी भन्छिन् ।
उसो त उनका छोरीतिरबाट पनाति पनि जन्मिसक्यो । तीन जना छोरीतिरै मात्रै १७ जना नातिनातिना जन्मिसके । छोरो एउटा मात्र । उनी गाँउमा सिर्कर्मी काम गर्छन । छोरातिर २ वटा नाति र एउटी नातिनी छन् । २० जना नातिनातिना भइसकेपनि उनको बुढो थाप्लोमा बिहान ६ बजेदेखि बेलुका ६ बजे सम्म नाम्लोले शाासन गरिरहेको छ ।
काठमाण्डौ आएपछि एक महिना बिरामी नै परिन उनी । खुट्टा कटकटी खाने र ज्वरो आउने भइरहयो । उनले जीवनमा न त कहिल्यै इटा बनाएकी थिइन न त कहिल्यै इटाको भारी नै बोकेकी । उनी भन्छिन्–“यो इटा भन्ने चिज नै मैले यहीँ आएर देखेकी हँु ।”
“दुख्खीलाई कहिँ पनि सुख्ख हुँदैन, उहाँ पनि जीबन दुख्खैले बित्यो ।” उनी लामो सुस्केरा हाल्छिन् ।
रोल्पामा पनि कहाँ सुख थियो र उनलाई । अनगिन्ती खिल पल्टेको हात देखाउदैँ भन्छिन उनी–“बिहान पाँच बजे उठेदेखि बेलुका आठ बजेसम्म काम गरिरहनुपथ्र्यो, घाासदाउरा, मेलापात, चुलो–चौको गर्दैमा दिन बित्थ्यो ।” २० बर्षको उमेरमा भारत पुगेर तीन बर्ष काम पनि गरिछन् उनले । एक बर्ष सडक बढार्ने र दुई बर्ष गोलभेँडा खेती । तर दुःखीलाई त्यति सजिलै त्यो दुखले कहाँ पो छोड्थ्यो र ?
उनी भन्छिन दिनभरी इटाको भारी बोक्दा सय रुपैँया जोगाउन पनि गाह्रो छ । काठमाडौँ आएको यतिका समय भयो । बेला बेला छोरी सँग उनको कुरा हुन्छ तर छोराले कहिल्यै सम्झिँदैन रे । गहभरी आँशु पार्दै भन्छिन उनी–“मलाई अहिले जस्तो छ भोली छोरालाई पनि त्यस्तै हुन्छ । छोरीहरु त माया गर्छन तर के गर्नु अर्काको घरमा जाने जात ।”
अब जेठ महिना लागेपछि उनको रोल्पा पर्किने बिचार छ ।
“रोल्पा पुगेपछि फेरी कहिल्यै काठमाडौँ आउन्न ।” उनी भन्छिन –“रोल्पाको मान्छेलाई जहाँ गएपनि दुख्ख उत्तिकै हुँदारहेछ बाबु । यहाँ पनि दुख्ख नगरी खान पाँइदोरैँन्छ । यहीँका मान्छेलाई त सुख्खै होला, हाम्लाई त रोल्पाली भेडा भन्छन् । उही त हो, कामै गनेर्, काम नगरी त भातै मिल्दैन् ।”

Tuesday, January 10, 2012

मभित्रको लेखक भूपि मात्दछ
कैलेकाँही भूपेन्द्र ब्युँझन्छ

रुपरेखा, असोज २०२७ का लागि साहित्यकार जगदिश घिमिरेले भूपि शेरचनसँग लिनुभएको अन्र्तवार्ता

ज. तपाई किन लेख्नुहुन्छ ?
भू. अप्ठ्यारो कुरा सोध्नुभयो....सुरुसुरुमा कतै आफ्नू अस्तित्व...आइडेन्टिफिकेशन पाउन...अहंको तुष्टिको लागि र ठूल्ठूला लेखकहरुको जीवनीबाट प्रभावित भएर लेखेँ हुँला... र पछि लेख्नु बाध्यता भैदियो ।
ज. तपाई आफ्नू लेखनदेखि कतिको सन्तुष्ट हुनुहुन्छ ?
भू. नेपाली साहित्य मात्रै हेरेर अलिअलि सन्तोष माने पनि हुन्छ...अन्तर्राष्ट्रियताको पृष्ठमूमिमा आफू सन्तुष्ट हुने अलिकति पनि खण्ड छैन...
ज. मोहन कोइरालाको कविबारे तपाइको बिचार ?
भू. निःसन्देह त्यो प्रतिभावान कवि हो...
ज. उहाँका ‘नबुझिने‘ भनिने कविताबारे...?
भू. नबुझिने कबिता हुन्छन् र दुई थरीका हुन्छन्
–पाठकले नबुझ्ने एकथरी र लेखकले नबुझ्ने अर्कोथरी...उहाँका लेखकले नबुझ्ने कविताबारे उहाँसँग मेरो मतभेद छ...
ज. उहाँले आफ्नै कविता आफैँले नबुझेको कुरा तपाँइलाई भन्नुभएको छ ?
भू. छ ! कैलेकाँहीँ साथीको हैसियतले उहाँका कतिपय हरपहरु, टुक्राहरुको अर्थ सोध्दा “सबै कबिताको अर्थ हुनु जरुरी छ र ? उहाँको बिचारमा हाम्रो जीवनमा कतिपय निरर्थक स्थिति र क्षणहरु आँउछन्, अतः कवितामा पनि त्यस्तै टुक्राहरु आउन सक्छन् रे...अर्थ लगाउन जोड गर्दा उहाँले सधैँ तर्काउन खोज्नु भो...कति चोटि भन्नु पनि भएको छ, ‘कुनै विशेष मनस्थितिमा लेखेँ हुँलाँ,के अर्थ हो भन्न सक्दिन ।‘ ...
यससँग मेरो सहमति छैन ।
ज. अर्धचेतन, अझ अचेतनको प्रभाव हो कि ?
भू. हिप्पीहरुले एल.एस.डी. आदिले विचेत भएर लेख्ने प्रयोग गरिसकेका छन् ...ती पनि निरर्थक छैनन्...मुच्र्छा परेको मान्छेले बर्बराएको पनि त निरर्थक हुँदैन...
ज. साहित्यिकहरुको विभिन्न दलबारे तपाईको प्रतिक्रिया, जस्तो–तेश्रो आयाम, राल्फा, अस्विकृत जमात इत्यादि ?
भू. नयाँ सडकको पेटीमा साधारणहरु भन्दा साह्रै बेग्लै रंगीचंगी लगाएर भड्किलो भड्किलो स्टाइलमा उभिएका टिन एजर्स देख्नुभएको होला...साहित्यको पेटीमा उभिएका आइडेन्टिटी खोज्ने त्यस्तै ती टिन एजर्स हुन्...
ज. नेपालीको उल्लेख्य गद्यकार ?
भू.पैसाकै लागि भनेर नेलेख्दा शंकर लामिछाने ।
ज. देवकोटाबारे तपाईको बिचार ?
भू. प्रयोगै प्रयोगमा उहाँको जीवन बित्यो...आफ्नू व्यत्तित्वको छाप स्पष्ट भएको कुनै ठोस कृति उहाँले दिन पाउनुभएन, त्यसैले मलाई लाग्छ उहाँको साहित्य धेरै बाँच्दैन...उहाँको साहित्यभन्दा बढी हामी उहाँलाई...उहाँको त्यागमय जीवनलाई मान्दछौँ...
ज. के कुनै एक्लो व्यक्ति नेपाली साहित्यको एउटा समयको प्रतिभा हुनसकेको छ ?
भू. छैन... तर नेपाली साहित्यको प्रतिभा भने अवश्य निर्मित भैसकेको छ...त्यसमा कुनै लेखक नाक भएको होला, कुनै आँखा र कुनै निधार...
ज. नेपाली भाषामा अझसम्म कुनै सन्तुलित आलोचनाको दर्शन कत्तिको पाउनुभएको छ ?
भू. छैन । त्यो पनि छैन ।
ज. तपाईबारेका आलोचना कस्ता हुन्छन् ?
भू. हाँस्यास्पद । ...प्रगतिशील भनाँउदाहरु मेरो कबितामा हुने प्रगतिशीलताको अन्धागायक हुन्छन् त काब्यको कलात्मकताको निन्दा गर्छन् । ...आफूलाई आधुनिक भन्नेहरु मलाई यसकारण घृणा गर्छन, म त्यस्तो लेख्छु जसलाई सबैले बुझिदिन्छन्...
ज. साहित्यकहरुको संगत तपाइलाई कस्तो लाग्छ ?
भू. घिनलाग्दो ।
ज. मर्नुबारे तपाइको धारणा ?
भू. मर्न खोज्नु विलासिता हो...चाहनामात्र सकिँदो रहेछ, मर्न होइन...नितान्त आफ्नै हातको कुरा भएर पनि, चाहेर पनि, गाहारो रहेछ...
ज. विवाहबारे तपाईको दृष्ट्रिकोण ?
भू.कसैलाई पनि सबभन्दा उपयूक्त पत्नी उसकै घरको वातावरणमा हुर्केकी बैनी हुन्छे होली...
ज. यो संस्था सबल हुँदैछ वा डिजेनरेट गर्दैछ–यो खोक्रो छ या खँदिलो–सार्थक छ वा निरर्थक ?
भू. निरर्थक छ । खोक्रो छ । डिजेनेरेट गर्दैछ । कुनै पति वा पत्नी मन–वचन–कर्मले एक अर्काप्रति निष्टावान रहन्छन् भन्न सकिन्न...पुरुष सधै. प्रस्तुत रहन्छ, स्त्रीलाई संस्कारले अझसम्म यहाँ त्यति छाडा हुन दिएको छैन...तर पश्चिममा बहुस्त्रीगमिता (जुन हाम्रो समाजमा प्रयाप्त छ) सँगसँगै बहुपुरुषगमिता पनि उत्तिकै छ... र संस्कारको खरबारीमा दिनदिनै डढेलो लाग्दैछ यहाँ पनि...
ज. वेश्यागमनबारे तपाईको बिचार ?
भू. समाजमा यो प्रर्याप्त छ । आर्थिक विपन्नता र विषमता यसको मुख्य कारण हो...सम्पन्न समाजमा पनि विकृतिस्वरुप यो रहेकै पाइन्छ ।
ज. सर्वहाराको अधिनायकत्वबारे तपाईको विचार ?
भू. अधिनायकत्व अब म कसैको पनि मन पराउन्नँ...हुन त मन नपराएर के फरक पर्छ र ! सधेँ यौटा न यौटाको अधिनायकत्व हुन्छ नै...सर्वहाराको लागि यौटा पार्टीको...वा जनताका लागि जनताको नेताको वा कसै न कसैको तर जे होस् अब म भन्न पाउने स्वतन्त्रता पनि चाहन्छु...।
ज. कैल्यै तपाई कम्युनिष्ट हुनुहुन्थ्यो ?
भू. त्यतिखेर यहाँ टेररिस्ट मुभमेन्ट चलेको भए म टेररिस्ट हुन्थेँ होला...
ज. मात्नुबारे तपाईको अनुभव ?
भू. मात्दथेँ । र लगातार मातिरहन्थेँ । मात्नु बाध्यता भएको थियो...मेरो घरको नाँउ भूपेन्द्रमान शेरचन हो र साहित्यमा भूपि शेरचन । ...म भित्रको लेखक भूपि मात्दछ...बोहेभियन जिन्दगी बिताउन चाहन्छ...तर कैलेकाँही भूपेन्द्र ब्युँझन्छ र उसले रक्सी खान छोडिदिन्छ...बाँच्न चाहन्छ अस्पताल भर्ती हुन्छ...पाँचओटा छोराछोरी र पत्नीप्रति आफ्नू दायित्व पुरा गर्न चाहन्छ...कविता लेख्न छाडिदिन्छ...छ मैनापछि हिजो फेरी मातेँ...दायित्वदेखि, संघर्षदेखि पलायन चाहने हरेक सेन्सेटिभ मात्दो होला...तर मचाँहि मातेर नत मातेकै आनन्द लिन सक्छु...सधैँ पीडा...यो भूपी र भूपेन्द्रमानको बीचमा झुलेर म सधैँ ब्यथित हुन्छु...मात्नु तपाईलाई कस्तो लाग्छ नि ?

ज. मात चाखेकोसम्म छु ।
भू. मेरोजस्तो बाध्यता भएको छैन ?
ज. छैन ।...कतै तपाईको अभिब्यक्ति–शक्ति सुक्दै त छैन ?
भू. हुन पनि सक्छ...भनेको कुरा दोहोरिएला भन्ने डरले पनि अचेल म थोरै लेख्छु पनि...नलेख्न अचेल म प्रयत्नशील रहन्छु । बरु...
ज. किन नेपालमा बाँच्न र लेख्न एकैसाथ सम्भव छैन र ?
भू. छैन । लेख्न कि देवकोटाजस्तो मर्न सक्नुपर्छ । नसके रिमालजस्तो बौलाउन सक्नुपर्छ वा पारिजात जस्तो कुँजिन सक्नुपर्छ...म त्यस्तो केही गर्न सक्तिँन...अतःम विस्तारै यस क्षेत्रबाट पन्छिने कोसिसमा छु...
ज. के तपाई सफल पति र सफल पिता हुनुहुन्छ ?
भू. सायद छैन ।...छैन घिमिरेज्यू छैन । ऐलेसम्म म दाजु÷बाबुको कमाई खाएर लेखक भएको थ्ािँए । अब हामी दाजुभाइको छुट्टिने कुरा छ...राजनीतिक गुलामी गरेर माथि पुग्न चाँहन्न...अनि गरिआएको ब्यापार नै यौटा बाटो हुनेछ...अनि लेख्न छाडिदिएर म सफल पति र पिता हुने कोसिस गर्नेछु...मभित्र लेख्ने ‘भूपि’ बाँचुन्जेल म सफल पारिवारिक हुन सक्तिनँ...
ज.सफल भएमा तपाई दीर्घायूकामी हुनुहुन्छ होला ?
भू. हो, सफल मान्छे लामो नै आयु चाहन्छ होला...
ज.तपाईले राजाको दर्शन गर्नुभा छ ?
भू. भैरहवामा यौटा कार्यक्रममा आदेशअनुसार कविता पाठ गरेर पचास रुपिँया बक्सिस थापेको छु । नजिकैबाट दर्शन गरेको छैन ।
ज. तपाईले आजसम्म कैल्यै मतदान गर्नुभो ?
भू. पन्ध्रसालमा बिरामी थिँए... त्यसपछि मतदान गर्ने अवसर नै आएन ।
ज. सत्ता र लेखकको सम्बन्ध कस्तो हुनुहुपर्छ जस्तो लाग्छ ?
भू. असल लेखक सत्ताको निर्देशनमा लेख्दैन ।
ज.तपाईलाई तुक मिलाउने मोह छँदैछ, हैन ?
भू. थियो, अब छैन ।
ज. तपाइृको कवितामा अपेक्षित कन्सन्ट्रेसन हुँदैन–जस्तो ‘हामी’ मा, तपाईलाई कस्तो लाग्छ ?
भू. त्यो कविता पुस तीन गते लेखेको, आँटेको मान्छेले सबै थोक एकैचोटी भन्न खोजेर केही भन्न नसकेको जस्तो भएको छ त्यो...मलाई त्यो आफ्नू अन्तिम कविताजस्तो पनि लागेको थियो...
ज. जिन्दगी तपाईलाई कस्तो लाग्छ ?
भू. अप्ठ्यारो कुरा सोध्नुभो यो पनि...नमागेरै पाएको यो जिन्दगी...नचाहेरै पाएको यो जिन्दगी...कामना नगरीकनै पाएको...बाध्यतास्वरुप स्वीकार गर्नु छ...
ज. तपाईलाई आफ्नू देशको माया लाग्छ ?
भू. लाग्छ...। रिस पनि आफ्नै मुलुकसँग सबभन्दा बढ्ता उठ्छ नि...। जे होस् प्रकृतिले हाम्रो मुलुकलाई दिएको छ...मान्छेले गरेर हुने त होला नि यहाँ पनि सबभन्दा ठूलो कुरा आफ्नू देशमा पराइ होइन्न नि...
ज.आफ्नू देशमा साँच्चै पराई भइँदैन र ?
भू. हो भइन्छ पनि, कैलेकाँहीँ । I am exiled in my own country यौटा फ्रेन्च कविले लेखेको सम्झना हुन्छ कैलेकाहीँ ।...पञ्च र प्रशााकहरुको ब्यवहार देख्दा लाग्छ–यो तिनको मात्तै मुलुक हो हाम्रो होइन...तर सधैँ यस्तो नहोला भनि ठानेर आशाबादी हुँदा आफ्नू देशको माया लाग्छ नै...
ज. देशको माया भनेको राजनीतिज्ञहरुले निर्धारितहरुले निर्धारित गरेको चार किल्लाको मोह होइन ?
भू. हो–एक किसिमले । तर यौटा चार किल्लाबाट मुक्त भएर त चार किल्लाबाटै मुक्ति पाँइदैन नि ! कुनै न कुनै चार किल्ला त स्वीकार गर्नेछ भने आफ्नै चार किल्ला किन स्वीकार नगर्नु ?
ज. यो वार्ता छाप्न दिँदा कसो होला ?
भू. तपाईंको खुसी ।...तपाईंको अरुहरुसँग पनि अन्तवार्ता लिने योजना छ कि ?
ज. खै, कससँग लिनु र तपाईसँगको यो भेट र यो वार्ता पनि योजनाबद्ध होइन...
साभार ः नागरिक दैनिक प्रकाशन ःरुपरेखा, असोज २०२७ (जगदिश घिमिरेको भर्खरै प्रकाशित पुस्तक ‘स्थान, काल, पात्र’बाट)

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...