Sunday, July 22, 2012

समयसँग

बिहानै
एउटा आशाको किरण बोकेर
विस्तारै सूर्य उदाँउछ
साउने झरी 
झर्झर झर्झर बर्सिदिन्छ 
घडिमा समय
एकनास बगिदिन्छ श्वासको प्रवाहमा
शान्त आकाश
पर्खिरहन्छ साँझमा एउटा जुन
हरिया कपडा पहिरिएका रुखहरुमा
चराहरुको चिर्बिराहट सँगै
क्षितिज टेकेर
जब जान्छ घाम
जव आँउछ जुन
वा
जव जान्छ जून
जव आँउछ घाम
मन
तलाउ झै शान्त भइदिन्छ
एकमुठ्ठी माटो
च्यापेर मुठ्ठीभरी
एक थुँगा फूल
छोएर औलाहरुले
प्रत्येक श्वास फेराइहरुमा
अलिकति देशको माया
अलिकति मान्छेको माया
लाग्छ
प्रत्येक पल्टको आँखा खोलाइहरुमा
पाइरहन सकियोस
जिवन्त मुस्कानहरु
अनन्त रहेका यि लामा गोरेटा बाटोहरुमा
हिडोस कुनै कहिल्यै नडगमगाउने पाइलाहरु
यि रुझेका झरीलो दिनहरुमा
लाग्छ यस्तै यस्तै
कि घडिमा एकचोटी समय उल्टो घुमिदियोस
चकित पारिदियोस अनि फेरी वास्तविकता बुझाइदिओस
खस्दै गरेको पानीको थोपो छेडेर
त्यो घामको किरणले
बाँडिदिओस इन्द्रेणीका मालाहरु
प्रत्येक मन मनहरुमा
प्रत्येक वस्ति वस्तिहरुमा
हरक्षण हरवखत...

साउन–६, नयाँ बानेश्वर, काठमाडौँ

Saturday, June 30, 2012

मेरो प्यारो एनालग रेकर्डर

ठ्याक्कै २४ सय परेको थियो यसको मूल्य । पाँच वर्ष अघि ।  एक किसिमले महाभारत परेको थियो मलाई त्यति पैसा जुटाउन । जागिर थिएन । भर्खर आई.एड् सकेर बि.एड्मा भर्ना भएको थिँए । सबै कुराको लागि घरकै भर पर्नु परेको थियो ।  ०६३ सालको कुरो हो । एकजना पत्रकारको हातमा देखेपछि मैले छक्क परेर हेरेथेँ यसको मित रेर्कडरलाई ।
मलाई पनि त्यस्तै रेकर्डर किन्ने धुन चल्यो । पैसो थिएन । आइडिया लगाँए ४ महिनासम्म । घरमा कहिले सर्ट किन्न भनेर पैसा माँगेँ । सर्ट किनिन पैसा जोगाएर राखेँ  । अर्को महिना पाइन्ट किन्नुप¥यो भनेर फेरी पैसा मागेँ, पाइन्ट किनिन, पुरानै लगाइरहेँ । कहिले जुत्ता किन्नुप¥यो भनेँ, कहिले के किताब किन्नुप¥यो भनेर मागेँ त कहिले जाँच फिस तिर्ने बेला भयो भनेर बढी पैसा मागेँ । जे होस मैले पुरानै कपडा लगाइरहेँ, घरमा जाँदा जहिले पनि ढाँटे, नयाँ लुगा मैलो भएर नलगाएको हो आदी इत्यादी भनेर,  पाँच महिना पछि न्यूरोड पुगेँ । र किनेँ यो फुच्चे रेर्कडर, चक्का पनि कति सानो... छक्क परेँ ।  अनि सुरु भयो रेडियोमा बोले झैँ बोल्ने अभ्यास, कहिले कबिता, गजल भनेर रेकर्ड गर्ने, कहिले साथीहरुसँग अन्र्तवार्ता लिने, कहिले जे मनमा आँउछ त्यही भनेर रेर्कड गर्ने अनि सुन्ने । एक किसिमले भन्ने हो भने  रेर्कडर त खेलौना नै सावित भयो  । न त्यसको वास्तविक प्रयोग हुनु । जतिबेला जे मन लागेको छ त्यही भनेर करायो, ब्याट्रीको सत्यानास मात्र । कहिले काँही कुनै आफूजस्तै केटाकेटीले आयोजना गरेको साहित्यिक कार्यक्रममा यही पुन्टे रेर्कडर बोकेर जान्थेँ उनीहले भनेको गीत गजल र कबिता रेर्कड गर्थेँ र त्यहीँ साहित्यको कार्यक्रम चलाएको भान पार्थेँ । न रेडियो बज्नु, न के हुनु , तात्तो न छारो । रेर्कड गरिसकेपछि सबैलाई सुनाईदिन्थेँ । उनीहरु पनि छक्क परेर आफ्नो स्वर सुन्न मलाई घेरा हालेर चाख लिन्थे । अरु केही हुन्नथ्यो । ब्याट्री सकिन्थो हरेक दिन । केही हुन्थ्यो त मात्र आत्मसन्तुष्टि, आत्मरति । 
०६४ सालमा एउटा ठग एफ.एमको फेला परेँ । अन द जब ट्रेनिङका नाममा कुनै तालिम नदिइकन त्यसले घरको एउटा खसी र मेरो बाको रेडियोमा छोरो बोलेको सुन्ने सपनालाई खाइदियो । सानो फुच्चे न थिँए त्यतिबेला, पत्यायनन् मलाई, (त्यसबेला  भोगेका भोगाइहरु सम्झँदा दुख लाग्छ । उसो त विगतमा रेडियोका लागि गरिएका दुःख, भोगाईहरुका, रोचक कथाहरु पनि छन्, त्यस बेलाको दुःख, संघर्ष लगायत यसबारेमा,...कुनै दिन समय आएपछि लेख्नुपर्ला) २ ओटा कार्यक्रम चलाएर हिडेथेँ त्यहाँबाट । यही रेर्कडर प्रयोग गरेको थिँए । मेरो जिबनको पहिलो अन्र्तवार्ता लिएको थियो यही रेर्कडरले । पशुपतिनाथको बृद्धाश्रममा रहेकी बृद्धा लक्ष्मीदेवि थापाले आफ्नो जिवनकथा रुँदै रुदैँ बताउँदा आफूले पनि  आँशु झार्दै प्रश्न सोधेको पनि यसैलाई थाहा छ ।
म जहाँ जाँदा पनि यसलाई झोलामै बोकेर हिडिँरहन्थेँ । तर यसको औपचारिक कुनै काम थिएन ।
समय बदलिँदैँ गयो । म पनि पत्रकारिता सम्बन्धी उच्च शिक्षा लिन थालेँ । पछि पो थाहा पाँए । यो मोरो त एनालग रेर्कडर पो रहेछ । 
सूचना प्रविधिको उच्चतम विकास र डिजिटलाइजेसनका कारण अब एनालग प्रविधि मृतप्राय भएको छ । अहिले त्यस्तै भएको छ मलाई ।  पहिला जस्तै मनमा हुटहुटि चलेको छ । एउटा डिजिटल रेर्कडरको । अहिले भने लगभग २० हजार जति चाहिएको छ एउटा सामान्य खालको डिजिटल रेर्कडर किन्न । एक दिन किनिनेछ अब मनमा सोचाई आइसकेपछि । यद्यपी एनालगको कुनै प्रयोग नभएपनि मलाई यसको माया भने उत्तिकै  लागिरहेको  छ ।

Saturday, June 23, 2012

भम्रित समय

असार भिजेर निथ्रुक्क....
छिर्न खोजिरहेछ डेराको झ्यालबाट
एक ग्लाँस टर्रो कफिभित्र
डुबाएर स्वप्नशील यी आँखाहरु
सुन्दैछु
मकेको पात बजाँउदैँ आकाशे पानी
हकार्दैछ हरक्षण
सबै सबै मेरा त्यि,
जुम्सोपनहरुलाई, बोक्रेपनहरुलाई

कुन्नी किन हो,
मेरा आँखाहरु खुट्टा उचालीरहेछन्
टक्क उभिएर हेर्न
कुल्चेर त्यो फुल्चोकी डाँडा
संसार यस्तै हो भाई
सकिँदैन इन्द्रेणीको माला लगाउन् ।

त्यो एक टुक्रा
बरफ जमेको मेरो प्रिय चिसो सपनालाई
अब विस्तारै–विस्तारै
मनै देखि निकालेर
सेकाँउदैछु मन्द आगोको आँचमा
अनि फ्राई गर्दैछु ।
........................

ओ असार भाई
आउ मेरो फ्राइड तातो सपना
पानीले चिस्याँउदै खाँदै गर

पर्ख !!
सकिँदैछ मेरो कफि
सकिँदैछ एउटा भ्रमित समय
र यो एक टुक्रा कबिता
हामी संगै खाँउला......

०६९ आसार ९ , ललितपुर ।

गीत

बेसी खेतको भारी बोकी भञ्याङ्गमा सुस्ताँउदा
कस्तो मज्जा डाँडामाथि, रातो घाम अस्ताँउदा
थकाई तिर्खा, जलुकाको पानी घुटुघुटु
सम्झनाले छुन्छ मुटु, खान्छ कुटुकुटु ।

सँगै हिँड्थे, जुरे गोरु, काँधमाथि हलो
झिसमिसेमै आँखा मिचि खेततिर झ¥यो
दबदबे हिलो पारी धान छुपुछुपु
सम्झनाले छुन्छ मुटु, खान्छ कुटुकुटु । 

आकाशमा घामपानीले लुकामारी खेल्ने
खेतै भरी बाउसे हली रोपाहारले गीत भर्ने
जिउभरी माटो हिलो खाजा कुपुकुपु
सम्झनाले छुन्छ मुटु खान्छ कुटुकुटु ।। 

०६८,आसार ५ ललितपुर

Wednesday, May 16, 2012

बजी बफ

एक प्लेट बजी बफ !
संबिधान सभाको अन्तिम समय सिमा आँउदैछ । केही छैन् । आँउछ–जान्छ ।
यो त्यही पूरानो होटेल हो । जहाँ आज फेरी आइपुगेको छु म ।
दलहरु बिच अझै सहमति जुट्न सकेको छैन । चलिरहेकै छ निरन्तर छलफल ।
देखिरहेछु, उसको होटेलमा–एउटी नयाँ आइमाई । पहिला पनि देखेकै हो, देखेको पाँच महिना पछि सोधेँ –
तपै ! को हो साउजीको ?
ङिच्च हाँसी । कस्ता खबल्टे दाँत !
चार बर्ष भो त्यो होटेल सँग परिचय भएको । कहिलेकाँही जाने गर्छु । महिनामा त्यस्तै पाँच छ पटक । पर्समा कम्तिमा एकसय भए पुग्छ ।
त्यसले भनि–म उसको बुढी ।
ह्वाट ?! उसको बुढी...उसकी बुढी त निकै नै राम्री पो थिई त ।
ताउलोमा तेल खार्दै छे साहुनी । केही चिज फ्राई गर्न खोज्दैछे ऊ ।
जिवन कहिल्यै खारिन्न । मरेपछि खारिन्छ एकैचोटी, दनदन बलिरहेको चितामा । बाँचुन्जेल केही सिक्न सक्दैन मान्छेले पूर्ण रुपमा । हरेक कुरा जान्न खोज्छ मान्छे । हरेक कुरामा आफूलाई निपूर्ण पार्न चाहन्छ ऊ । खारिन चाहन्छ ऊ ।
१२–१४ बर्षको कामदार केटोले आवाज आउने गरि टेवलमा राखिदियो ।
एक प्लेट बजी बफ !!
संविधान सभामा दलहरु बिच चर्काचर्की परिरहेछ । टेबुल ठोकिन्छन् बेला बेला । हरेकका आफ्नै सिद्धान्त, मान्यता र विचारहरु छन् ।
अनि उहाँको अर्को बुढी ?
साउजी थिएन । नजिकै थियो भने झर्किन सक्थ्यो । तिमीलाई किन चाहियो ?
ऊ त अन्तै गई–उसले भनि ।
पोइल !?
सायद................यस्तै हुनुपर्छ ।
साहुजीको अनुहार सम्झेँ । मुसुमुसु हाँसिरहेको हुन्थ्यो उ जतिबेला पनि ।
मुलुक संक्रमणकालीन अवस्थाबाट बाहिरिन सकेको छैन । हरेक चिया पसलहरुमा, बाटो दोबाटोहरुमा चिन्तित छन् मानिसहरु । जेठ १४ पछि के होला ? म पनि त चिन्तित छु ।
तर मिठो छ यो होटलको खाजा ।
फ्याँके फेरी एउटा अर्को प्रश्न–तपाइ आएपछि गएको कि, उ गएपछि तपाँइ आएको ?
समय परिबर्तनशील छ । पंचायति ब्यवस्थाको अन्तिम समयतिर जन्मिएको थिँए म । प्रजातन्त्र आएपछि स्कूल जान थालेँ । अहिले गणतन्त्रमा कलेज पढ्दैछु ।
भित्ताको ध्वाँसो लागेको ऐना हेरेँ ।
टन्नै दाह्रीले भरिएछ अनुहार ।
उ गएपछि म आएको– लजाँउदै साहुनी बोली ।
अधबँैसे साउनी । अब सोध्दिन म कुनै प्रश्न ।   
किन पोइल गई होला त्यो अघिल्ली साउनी ? उसको पोई पाक कलामा यस्तो निपूर्ण छ । मैले एक चम्चा चिउरा सँगै एक टुक्रा बफ चपाँए । आहा...क्या !! स्वादिलो.......... । किन गई पोइल त्यो आफ्नो १० वर्षको छोरो छोडेर...???
मान्छेहरु मलाई बिना प्रशंग प्रश्न गरिदिन्छन् कहिलेकाँही–माओवादीको दश वर्षे जनयुद्धको औचित्य के ?
राजनीतिक क्षेत्रमा हुने उथल पुथल संम्झँदा मलाई पनि कहिलेकाँही त्यसरी नै.....
त्यसरी नै एकान्तमा आफैँसंग
त्यो साउजी झैँ एक्लै हाँस्न मन लाग्छ । मुसुमुसु ।
बजी बफ....
गाँउमा स्कूल पढ्दा म नुन–खुर्सानीको अचार बनाएर त्यसमा गहूँको रोटी चोप्दै खान खुव मनपराँउथेँ । मेरो खाजा प्रायः उही हुन्थ्यो–स्कूल सकेर फर्केपछि ।
शान्तिप्रक्रिया निस्कर्षमा पुग्दै छ । सेना समायोजनको प्रक्रिया शुरु भइसकेको छ । जंगलबाट माओवादी अध्यक्ष प्रचन्ड लाजिम्पाटको महल सम्म आइपुगेका छन् ।
....बजी बफ
आजभोली साउजी मुसुमुुसु कक्तिको हाँस्छ, मलाई त्यो हेरेर बस्ने फुर्सद छैन । सायद केही त परिवर्तन भयो होला । म पनि त परिवर्तन भइसकेँ, र....पुष्पकमल दाहाल । अरु जसरी परिबर्तन भएपनि मलाई केको दर्कार ।
प्लेट रित्तिसक्यो ।
र.................
एकझोला सपना ।
.......................
(कत्ति ठुलो परिवर्तीत भइछस् है तँ ? नुनखुर्सानी र रोटीबाट बजी बफ अर्थात सेकुवा र टाइचिन चिउरासम्म ।) 

Saturday, March 31, 2012

आरु र मानिस

ब्लगमा नलेखेको धेरै भयो ।

अब त चैत्र पनि लाग्दैछ । कत्ति छिट्टै जान्छ है यो समय । हिजो जस्तै लाग्छन सारा विगतहरु । यात्रा गदै जाँदा समय बितेको पनि पत्तै नहुने रहेछ । चैत्र पछि त फेरी बैशाख पनि आइनै हाल्नेछ । समयलाई लगाम लगाएर हिड्नेहरु नै संसारमा सफल हुन्छन रे । जसले समयलाई आफ्नो वशमा पार्न सक्दैन त्यो विना अर्थ जिन्दगीमा सकिएर जान्छ रे भन्छन भन्नेहरु त ।
घर गएको थिँए ।
घरमा आरु फूलेको थियो । म दुई कक्षामा पढ्थेँ त्यतिबेला । स्कूलबाट फर्केर आँउदा बाटोमा कान्छी औला जत्रो सानो बिरुवा भेटेको थिँए । त्यो त अहिले ठूलो रुख भएको छ । असाध्यै खुसी छ । उसका प्रत्येक हाँगा–हाँगामा खुसीहरु फूलेका छन् । उ आकासतिर हेरर अझै अग्लिन खोज्दै छ ।
उ एकै ठाँउमा नै उभ्भिरह्यो । एकै ठाँउमा बसेर घाम पानी सहिरह्यो । दुःखमा–सुखमा । हुरीमा–आँधीमा ।
अहिले अग्लिएर मनै लोभ्याउने गरी हाँसीरहेछ त्यो आरुको बोट ।
मानिस ।
मानिस आरु झै एकै ठाँउमा बसेर किन हाँस्न सक्दैन । मान्छे आरु फुलेझै किन हाँस्न सक्दैन । किन त्यसरी नै रमाउन सक्दैन् ? मान्छे अरुको प्रगतिमा पनि निरास हुन्छ, आफ्नै असफलतामा पनि निरास हुन्छ । मानिस चारतिर कुदिरहन्छ, दगुरीरहन्छ । अरुले के गरिहेछ, चियोचर्चो गरिरहन्छ । अरुले उनीहरुको बारेमा सफलताको कुरा ग¥यो निराश हुन्छ, फेरी असफलताको वा निराशाजनक कुरा सुन्न पायो भने खुसी हुन्छ ।
उफ्स.........................................................................................................
आरु र मान्छेमा कत्ति फरक छ कत्ति ।

२०६८ फाल्गुन २८
ल्लितपुर

छोडेन दुख्खले.....

धरहरा जत्तिक्कै अग्लो इटाभट्टाको चिम्नीको मुखबाट कालो धुँवा पुतपुताइरहँदा उनी धुलाम्मे भएर सकिनसकी हतार हतार खेप पु-याउन स्वाँ–स्वाँ गर्दै जीउभरी इटाको भारी लादेर चाङ् लागाउने ठाँउसम्म पुग्छिन । फर्केर फेरी छिटो छिटो इटाको भारी हाल्छिन अनि उसरी नै लाग्छिन त्यो भारी बिसाउने ठाँउ जहाँ इटै इटाको चाङ्ले एउटा पहाडको रुप धारण गरेको छ । तर उनको पहाड जत्रै अग्लो दुख बिसाउने ठाँउ भने कतै छैन । सत्तरी वर्ष पुग्न अब दुई बर्ष मात्र बाँकी छ । कपाल फुलेको छ, अनुहार पूरै चाउरी परेको छ । मुखमा थोरै मात्र दाँत छन् । घरमा ८४ वर्षका आँखा नदेख्ने लोग्ने छन् । यहाँ आउनेबेला उनले लोग्नेलाई भनेकी छिन रे “म काठमाडौ गएर लुगा कपडा किनेर ल्याँउछु । औषधी मूलो किनेर ल्याँउछु, पिर नगरीकन छोरीसँग बस्नु” ।
छोराले वास्ता नगरेपछि छोरीलाई हेरचाह गर्नुृ भनेकी छिन रे उनले । तर अहिले काठमाडौँ छिरेकै चार महिना भइसक्यो, तर अहिले उनी आफैँलाई थाहा छैन–लुगा किनेर लान सकिने हो वा होइन ??
उनी बिहान भक्तपुरको इटा भट्टामा बिहान छ बजेदेखि बेलुका छ बजेसम्म इटा बोक्छिन् ।
रोल्पाको घर्तिगाँउबाट चार महिना अघि उनले जिबनमै पहिलोपल्ट काठमाडौँ शहर टेकिन । छोराबुहारीले देखिसहेनन् । छोरीहरु र गाँउले त भन्थे काठमाडौँ नजा झन दुःख पाँउछेस् । तन बुढो भएपनि आँटिलो मन भएकी नवसरी ओली छोरी ज्वाँईले बस भाडा दिएपछि रोल्पाबाट काठमाडौँ आइन आफ्ना बुढ्यौली एकजोर आँखामा अनगिन्ती तन्नेरी सपनाहरु फूलाउदैँ ।
बिहानेखि साँझ सम्म लगातार भारी बोकीरहँदा सारा जीउज्यान दुखिरहन्छ, अझ इटाको चाँङ लगाँउदा भने भुतुक्कै भइन्छ उनी भन्छिन । कोही कोही त भारी हाल्न सहयोग पनि गर्छन, कोही कोही बुढीमान्छे धेरै दुःख नगर्नुस भनेर मुखैले भएपनि सहयोग गर्छन उनी भन्छिन् ।
उसो त उनका छोरीतिरबाट पनाति पनि जन्मिसक्यो । तीन जना छोरीतिरै मात्रै १७ जना नातिनातिना जन्मिसके । छोरो एउटा मात्र । उनी गाँउमा सिर्कर्मी काम गर्छन । छोरातिर २ वटा नाति र एउटी नातिनी छन् । २० जना नातिनातिना भइसकेपनि उनको बुढो थाप्लोमा बिहान ६ बजेदेखि बेलुका ६ बजे सम्म नाम्लोले शाासन गरिरहेको छ ।
काठमाण्डौ आएपछि एक महिना बिरामी नै परिन उनी । खुट्टा कटकटी खाने र ज्वरो आउने भइरहयो । उनले जीवनमा न त कहिल्यै इटा बनाएकी थिइन न त कहिल्यै इटाको भारी नै बोकेकी । उनी भन्छिन्–“यो इटा भन्ने चिज नै मैले यहीँ आएर देखेकी हँु ।”
“दुख्खीलाई कहिँ पनि सुख्ख हुँदैन, उहाँ पनि जीबन दुख्खैले बित्यो ।” उनी लामो सुस्केरा हाल्छिन् ।
रोल्पामा पनि कहाँ सुख थियो र उनलाई । अनगिन्ती खिल पल्टेको हात देखाउदैँ भन्छिन उनी–“बिहान पाँच बजे उठेदेखि बेलुका आठ बजेसम्म काम गरिरहनुपथ्र्यो, घाासदाउरा, मेलापात, चुलो–चौको गर्दैमा दिन बित्थ्यो ।” २० बर्षको उमेरमा भारत पुगेर तीन बर्ष काम पनि गरिछन् उनले । एक बर्ष सडक बढार्ने र दुई बर्ष गोलभेँडा खेती । तर दुःखीलाई त्यति सजिलै त्यो दुखले कहाँ पो छोड्थ्यो र ?
उनी भन्छिन दिनभरी इटाको भारी बोक्दा सय रुपैँया जोगाउन पनि गाह्रो छ । काठमाडौँ आएको यतिका समय भयो । बेला बेला छोरी सँग उनको कुरा हुन्छ तर छोराले कहिल्यै सम्झिँदैन रे । गहभरी आँशु पार्दै भन्छिन उनी–“मलाई अहिले जस्तो छ भोली छोरालाई पनि त्यस्तै हुन्छ । छोरीहरु त माया गर्छन तर के गर्नु अर्काको घरमा जाने जात ।”
अब जेठ महिना लागेपछि उनको रोल्पा पर्किने बिचार छ ।
“रोल्पा पुगेपछि फेरी कहिल्यै काठमाडौँ आउन्न ।” उनी भन्छिन –“रोल्पाको मान्छेलाई जहाँ गएपनि दुख्ख उत्तिकै हुँदारहेछ बाबु । यहाँ पनि दुख्ख नगरी खान पाँइदोरैँन्छ । यहीँका मान्छेलाई त सुख्खै होला, हाम्लाई त रोल्पाली भेडा भन्छन् । उही त हो, कामै गनेर्, काम नगरी त भातै मिल्दैन् ।”

हाँसो

कतिपय अबस्था यस्तै हुन्छ । कल्पना गरिएको समय भन्दा वर आइपुगिदिन्छ जिवन... हाँसो र आँशु यस्ता चिज हुन जसको कहिल्यै मिलन हुँदैन । च्याटमा ...